‘वीराङ्गना’ निर्माताको ‘मन परेसी पर्यो पर्यो’ निर्माण घोषणा

आर्टिष्ट खबर/ भदौ, काठमाडौं ।

यसअघि चलचित्र ‘जय शम्भु’ निर्देशन गरेका रुपेश थिङ तामाङको लेखन,निर्देशन रहने ‘मन परेसी पर्यो पर्यो’को निर्माण घोषणा गरिएको छ। अभिनेत्री शिल्पा पोखरेल र अभिनेता अनुप विक्रम शाहीको प्रमुख भूमिका रहेको चलचित्र ‘वीरंगना’का प्रस्तुतकर्ता रघु परियारले शनिबार परेको जन्मदिनको अवसरमा ‘बर्थ डे’ पार्टीमा ‘यस चलचित्रको निर्माण घोषणा गरेका हुन्। ‘वीराङ्गना’ गएको बर्ष प्रदर्शनमा आएको थियो ।

तिहारपछि छायाँकन सुरु हुने बताइएको यस चलचित्रमा लभस्टोरी, कमेडी र एक्शनको समिश्रण रहने बताइएको छ।  कृष्ण परियार र रबिना थापा मगरको लगानी रहने चलचित्रमा  कार्यकारी निर्मातामा चक्र पाख्रिन तामाङ रहने छन् । फोर्थ आइज् मुभीज प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र यही बर्षको अन्तिममा प्रर्दशन गरिने बताइएको छ।