निर्माता माधव वाग्लेको निर्देशनमा ‘पारस’ बन्ने

आर्टिष्ट खबर / भदौ, काठमाडौं ।

निर्माता माधव वाग्लेको पहिलो निर्देशनमा चलचित्र ‘पारस’ बन्ने भएको छ। ‘मिसन पैसा’,‘मिसन पैसा २’,‘रेशम फिलिली’,‘लूट’ ‘फस्ट लभ’, ‘छड्के’ ‘लूट २’ ‘चंगा चेट’ र  ‘लभ शासा’ लगायतका दर्जनौँ चलचित्र निर्माण गरेका माधव वाग्लेले अब भने निर्देशनमापनि हात हाल्दै छन्। केही बर्षअघिदेखिनै चलचित्र निर्देशन गर्ने सोच भएको वाग्लेले बताए। अहिले भनेउनले निर्देशक तथा अभिनेता निश्चल बस्नेतलाई लिएर चलचित्र निर्देशन गर्न शुरु गरेका छन्। निश्चलले माधव वाग्लेको चलचित्र 'लुट' बाटै निर्देशन शुरु गरेका हुन्। उक्त चलचित्रको दुबै पार्ट सुपरहिट साबित भएको थियो। ‘पारस’को छायाँकन मंसिरबाट शुरु हुने बताइएको छ।

वाग्लेले बताएअनुसार ‘पारस’ चैत २८ गते प्रदर्शनमा उत्रिनेछ। उक्त मितिमा  सन्तोष सेनको प्रेम गीत ३ प्रर्दशन हुने घोषणा भइसकेको छ। चलचित्रकालागि निश्चलसँगै अभिनेता तथा कमेडियन सन्दिप क्षेत्री र नव नायिका समिक्षा पोखरेल फाइनल भएको माधवले बताएका छन्। उनले यस चलचित्रपनि आफू स्वंयमले निर्माण गर्दैछन् । निर्माता माधवले आफूले दर्जनौँ चलचित्र निर्माण गदौगर्दै निर्देशनको अनुभव लिएको बताएका छन्। चलचित्रको नाम ‘पारस’ जुराउँदा कतिपयलाई यो चलचित्र पुर्व युवराज पारसको जीवनीमा बन्ने हो कि भन्ने कहुतुहलतालाई दुर गर्दै उनले पारससँग चलचित्रको कथा सम्बन्धित नरहेको बताए। हाल स्क्रिप्ट राइटर प्रदीप भारद्वाजसँग मिलेर स्क्रिप्ट लेखनको काम भइरहेको बताए।