शिवहरीको ‘लक्का जवान’मा भित्रिए सविन श्रेष्ठ

आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।

हाँस्यकलाकार शिवहरी पौडेलेको डेब्यू निर्देशन रहने चलचित्र ‘लक्का जवान’को हाल धमाधम छायाँकन भइरहेको छ। छायाँकन हुदैगर्दा चलचित्रमा एक नयाँ नायकको इन्ट्री भएको छ। दर्जन बढी कलाकारहरुको अभिनय रहने चलचित्रको बीचमा सविन श्रेष्ठ भित्रिएका हुन् । सविनले आफू चलचित्रमा आवद्ध भएको चलचित्रटीमसहित क्ल्यापको फोटो फेसबुक मार्फत पोष्ट गर्दै जानकारी दिएका छन् । उनले क्याप्सनमा 'लक्का जवान भए आज'लेखेका छन् ।

उनको अलवा चलचित्रमा दीलिप रायमाझी,प्रियंका कार्की,सलोन बस्नेत,बर्षा सिवाकोटी,राजाराम पौडेल, सरोज खनाल, जयनन्द लामा,अनुसुया श्रेष्ठ पन्त सुशील पोख्रेल, रमेश केसी, सबित गुरुङ, बिमला गिरी,अन्जु मर्हजन, मनिसा श्रेष्ठ,धनिराम मुस्कान,यमन श्रेष्ठ, बिनोद केसी, स्वस्तिका लामिछाने,कंचन सापकोटा, डोमा शेर्पा र लक्ष्मी श्रेष्ठ लगायतको भूमिका रहनेछ।

किरण केसी र दीलिप रायमाझीले निर्माण गरिरहेको चलचित्रमा किरण केसी, शिवहरि पौडेल र दिलीप रायमाझी स्वंयम कार्यकारी निर्माताको रुपमा रहेका छन् भने सह निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन्। प्रर्दशन मिति चैत ७ गतेलाई घोषणा गरिएको चलचित्र पुरुषोत्तम प्रधानले खिच्दैछन् । चलचित्र पारिवारिक कथासँगै कमेडी जनरामा बन्ने बताइएको छ।