‘कबड्डी चार’ ‘कबड्डी’ सिरिजको अन्तिम’: रामबाबु गुरुङ

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

रामबाबु गुरुङ निर्देशित चलचित्र 'कबड्डी कबड्डी कबड्डी' प्रदर्शनको तयारीमा रहँदा निर्माण टिमले 'कबड्डी'को चौथो सिक्वेल बन्ने घोषणा गरेको छ। 'कबड्डी कबड्डी कबड्डी' आउँदो शुक्रबार अर्थात असोज ३ गतेबाट देशभरि प्रदर्शन हुँदैछ।

निर्माता एवं निर्देशक रामबाबु गुरुङले चौथो संस्करणमा चलचित्र टुंगिने बताएका छन्। 'हामीले दोस्रो सिक्वेललाई नै अन्तिम बनाउने भनेका थियौँ। कामगर्दै जाँदा तेस्रो पनि बन्यो। चौथो सिक्वेल भने कबड्डीको अन्तिम चलचित्र हुनेछ।' रामबाबु गुरुङले भने ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुष्कर गुरुङ, कर्मा शाक्य, कविता आले, विल्सनविक्रम राई, कमलमणि नेपाल लगायतका कलाकारहरुले अभिनय गरेका छन्। अभिनेत्री उपासनासिंह ठकुरीको यो दोस्रो चलचित्र हो। यसअघि उनले क्याप्टेनमा अनमोल केसीसँग एउटै स्क्रिन शेयर गरेकी थिइन्। उनको अभिनयलाई दर्शकले खुब रुचाएका थिए।