प्रधानमन्त्री ओलीले गरे श्वेताको तारिफ

आर्टिष्ट खबर/असोज,काठमाडौं ।

अभिनेत्री श्वेता खड्काको प्रधानमन्त्री केपी शर्मा ओलीले कामको प्रसंसा गरेका छन् । प्रम ओलीसँगको भेटमा अभिनेत्री श्वेताले आफ्नो पहलमा निर्माणधिन माझी बस्तीको प्रगतिबारे जानकारी गराएकी थिइन् । त्यसैक्रममा प्रम ओलीबाट थप उर्जा मिलेको श्वेता बताउँछिन् । ‘उहाँले प्रकट गर्नुभएको सकारात्मक विचार र दृढ इच्छाशक्ति देखेर म त दंग भएँ । प्रधानमन्त्रीज्यूबाट प्राप्त हौसला र उत्साहरुपी उर्जाका शब्दहरुले मभित्र भिन्नै जाँगर थपिदिएको छ ।’ श्वेताले फेसबुकमार्फत बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीसँग आधा घन्टा कुराकानी गरेकी थिइन्।

उनले निर्माणाधिन माझीवस्तीमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता प्रधानमन्त्रीबाट पाएको बताइन् । माझी वस्तीमा अहिलेसम्म सरकारबाट राम्रो सहयोग र समन्वय पाइरहेको भन्दै उनले पनि प्रधानमन्त्रीलाई धन्यवाद दिएकी थिइन् । श्वेताले स्थापना गरेको श्वेता श्री फाउन्डेसनद्वारा सिन्धुपाल्चोकमा निर्माणाधिन माझी बस्ती अन्तिम चरणमा छ । उक्त बस्तीमा ५३ वटा घर रहेका छन् । श्वेताका अनुसार दशैंदेखि नै माझीहरुलाई घरमा प्रवेश गराइने छ । तर, बस्तीको औपचारिक हस्तान्तरण भने माघमा गरिने उनले बताइन् । श्वेताका अनुसार बस्ती फिनिसिङ गर्न श्वेतालाई अझै साढे चार करोड अपुग छ । घरहरु बने पनि बाटो, ढल, पानी, बिजुली लगायतको काम बाँकी छन् । अपुग रकम जुटाउन श्वेताले आर्थिक संकलनको प्रयत्न गरिरहेकी छन् ।  उनी भन्छिन् ‘सहयोगको आश्वासनहरु पाइरहेकी छु, म पूर्ण विश्वस्त छु चाँडोभन्दा चाँडो आर्थिक स्रोत जुटाएर बस्ती निर्माण सम्पन्न गर्नेछु ।’