बलिउड निर्देशक श्याम रामसेको निधन

मुम्बई,एजेन्सी ।

बलिउडका  चलचित्र निर्देशक श्याम रामसेको निधन भएको छ । निमोनियाबाट पीडित ६७ वर्षिय श्यामको आज बिहान अस्पतालमै निधन भएको हो । श्यामले १९८० र ९० को दशकमा हरर चलचित्र बनाएर दर्शकको मन जितेका थिए।

भारतीय मिडियाका अनुसार स्वास्थ्यमा समस्या देखिएका कारण उनलाई बिहानमात्रै अस्पताल भर्ना गरिएको थियो। अस्पताल लगेको केही समयपछि नै उनको निधन भएको हो । उनको दाहसंस्कार आजै गरिने बताइएको छ। ‘पुरानी हवेली’ ‘वीराना’ र ‘तहखान’ जस्ता हरर चलचित्रका लागि चर्चित सात ‘रामसे ब्रदर्स’ मा श्याम रामसे पनि एक हुन्। रामसे ब्रदर्सले १९७० र १९८० दशकमा कम बजेटमा राम्रो हरर चलचित्र बनाए जसलाई दर्शकले निकै रुचाएका थिए ।