एमएस टक इन्डियामा नीलडेभिड

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नेपालका सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटवालले भारतको नयाँ दिल्लीमा आयोजित मोटिभेसनल कार्यक्रम ‘एमएस टक’ मा आफ्नो करियर तथा जीवनमा पाएको सफलताका बारेमा आफ्नो कुरा राखेका छन्।दिल्लीमा आयोजित उक्त कार्यक्रममा नेपालबाट नीलडेभिडलाई मात्र निमन्त्रणा गरिएको थियो। कार्यक्रममा नीलसहित विभिन्न मोटिभेसनल स्पिकरहरुले आफ्नो जीवनका खुड्किलाहरुको बारेमा वर्णन गरेका थिए।

दिल्लीको एसके क्राउन पार्क होटलमा आयोजित उक्त कार्यक्तममा नेपालको प्रतिनिधित्व गरेका नीलडेभिड कटवालले आफ्नो जीवनको वास्तविक यात्रालाई प्रारम्भदेखि आजसम्मको सफलतालाई वर्णन गरेका थिए । निलेन्द्र कटवालबाट नीलडेभिडमा रुपान्तरण हुन गरेको संघर्षको आफ्नो कथालाई उपस्थित व्यक्तिहरुले निकै रुचीपूर्ण तरिकाले सुनेको नीलडेभिडले बताएका छन्। अध्ययनका लागि विदेश जानुअघि सात पटक भिसा अस्विकृत भएको क्ष्ँणदेखि आज आएर हेयर स्टाइलिङलाई करियर मात्र नबनाइ सयौं व्यक्तिलाई रोजगार दिन सफल भएको क्ष्ँणलाई नीलडेभिडले बडो रोचक शैलीमा प्रस्तुत गरेका थिए ।

आफ्ना दिवंगत बुवाको नाममा सन् २०२१ देखि फाउण्डेसन स्थापना गरेर ३ सय जना निम्नस्तरका बालबालिकाहरुलाई निशुल्क हेयर एण्ड ब्यूटी तालिम दिएर रोजगार दिलाउने नीलडेभिडको योजना छ। नीलडेभिडले यतिबेला नेपाल तथा भारतमा गरी ७० वटा सलोन तथा एकडेमी सञ्चालन गरिरहेका छन्।