‘लोकगीतबाट पर्यटन प्रबद्र्धन गरौं’: लोकगायक बैकुण्ठ

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

गायक बैकुण्ठ महतले लोकगीतबाट पर्यटन प्रबद्र्धन गर्न सकिने बताएका छन् । नेपाली मौलिक लोकगीतमार्फत नेपालका पर्यटकिय क्षेत्रलाई उठाएर आन्तिरक तथा बाह्य पर्यटन प्रबद्र्धनमा जोड दिन सकिने नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा डेढ दशक बिताएका बैकुण्ठको भनाई छ ।

तीन दर्जन बढी लोकगीत गाएका बैकुण्ठले आफूले गाएका लोकगीत मध्ये केहिबाट पर्यटन प्रबद्र्धनमा जोड दिएको उनको दाबी छ । ‘मैले गाएका लोकगीत मध्ये केहिबाट पर्यटन प्रबद्र्धन पनि भएको छ । साथै आउने दिनमा नेपाली पर्यटनमा कसरी बिकास गर्न सकिन्छ भनेर गीत निर्माण गर्ने तयारीमा छु ।’ बैकुण्ठले भने । ‘हामीले हाम्रा गीतहरुमा सगरमाथा, फेवाताल, लुम्बिनी जस्ता ठाउँका नामहरू राखेका हुन्छौ जसले गर्दा आन्तरिक र बाह्य पर्यटकले त्यस बिषयमा आधारभुत जानकारी पाई थप जान्न उत्सुक हुनछन् ।’ बैकुण्ठले आफूले केहि समय अघि गाएको गीत ‘जाऊँ है माया बटौली गाउँतीर बाउ बाजेले नून बोक्ने ठाउँ तिर’ लाई पर्यटन प्रबद्र्धन गर्ने गीतको उदाहरणको रुपमा लिन्छन् ।

उनले हरेक लोकगायकले आफ्नो ठाउँबाट नेपालको पर्यटन प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । अन्तर्राष्ट्रियस्तरमै गीतसंगीतको प्रभाव ठूलो रहेकोले सर्जकहरुले यसमा ध्यान दिनुपर्ने उनको तर्क छ । ‘गायक मिलन लामा दाईको माझिदाई गीतबाट पोखरामा फेवाताल छ र त्यहाँ माझिले डूँगा चलाउछन् भन्ने जानकारी हुन्छ । अब हामीले पर्यटक बढाउनका लागी लोक सांस्कृतिक कार्यक्रम सहितका होम स्टेको शंख्या बढाउनुपर्छ।’ बैकुण्ठ अगाडी भन्छन् ‘लोक संस्कृतिलाई ब्यवसायिक र मर्यादित बनाउन सकियो भने पर्यटन प्रबद्र्धनसँग जोडेर मनग्य आम्दानी गर्न सकिन्छ ।’आफूले करिब दुईसय बढी गीतमा शब्द रचना तथा संगीत भरिसकेका बैकुण्ठले अन्य सर्जकलाई पनि गीतसंगीतमार्फत मनोरञ्जनसँगै देशप्रति कलाकारको दायित्वमा पर्यटनलाई जोडदिन आग्रह गर्छन् । साथै उनले परिवर्तनशील समयमा लोकगीत परिवर्तन हुनुपर्ने तर लोकगीतको पहिचान मर्न नहुने बताएका छन् । उनी भन्छन् ‘लोक गीतको पहिचान नमर्नेगरी परिवर्तनशील समयका नव बिषयबस्तुलाई आत्मसात गर्दै हामी अगाडि बढ्नुपर्छ जहाँ पुरानो पुस्तालाई नयाँ पुस्तासँग लोकसंगीतको सेतुले जोडोस् । अबको लोक संगितले मनोरञ्जनको साथसाथै सूचना, सन्देश सम्प्रेषण गर्ने र सामाजिक सद्भावको बिकाश गर्नुपर्छ ।’

लामो समयदेखी लोकगीतसंग सम्बन्धित बिभिन्न संस्थाहरुमा आवद्ध उनले यो कुरा आवाज उठाउँदै आएको बताउँछन् । बैकुण्ठ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला रुपन्देही अध्यक्ष, अञ्चल लुम्बिनी महासचिव हुँदै केन्द्रीय  संचार बिभाग प्रमुख समेत भइसकेका छन् । यस्तै उनी प्रस्तोता समाज नेपालका  कार्यक्रम संयोजक र गुल्मी कलाकार समाज संस्थापक सदस्य समेत हुन् । गुल्मिको अमरपुर ५मा जन्मिएका बैकुण्ठले गाउँमा जन्मिएकै कारण पनि आफूलाई भाग्यमानि ठान्छन्। बैकुण्ठका ‘मान्छेको जिन्दगानी’, ‘बटौली गाउँतिर’, ‘पानीजहाज’, ‘नपढ़ेरै हो’, ‘लैझा रुमाल बैना’, ‘दुई कुराले ठग्यो’, ‘सुपारी चुईंगम’, ‘मादल’, ‘आखैमा घुमेकी’, ‘काफलु जस्तै’, ‘हाम्रो नेपाल हामी नेपाली’ लगायतका गीत चर्चामा छन् । यस्तै उनका ‘आर्थिक समृद्धि’, ‘बरदान पाकोभा’, ‘औंठी स्वयंबरको’, ‘बिरहले छूने बेलैमा’ बोलका गीत पनि उत्तिकै लोकप्रिय लोकगीत हुन् ।

बैकुण्ठले कलाकारहरु बिभिन्न समयमा देश भित्र र बाहिरका स्टेज कार्यक्रममा पुगेका बेला नेपाली पर्यटनका कुरा पनि जोड्न सकिने बताउँछन्। बिदेशका कतिपय नेपाली कार्यक्रममा पनि बिदेश नागरीक उपस्थित भएका बेला नेपालको पर्यटनका बिषय राख्न सकिने बताउँछन् । अहिलेसम्म सांगीतिक भ्रमणकै लागी साउदी अरेयिबा, बहराइन, कतार, जापान, भारत, बेलायत, यु. ए. ई. लगायतका बिदेशी राष्ट्र पुगिसकेका छन् । यस्तै उनी नेपालका सयौं सांगीतिक कार्यक्रममा मुख्य कलाकारको रुपमा सहभागी भइसकेका छन्। बैकुुण्ठले लोकगीतको क्षेत्रमा योगदान पु¥याएकै कारण बिभिन्न अवार्ड तथा पुरस्कारबाट सरकारी निकाय तथा निजिक्षेत्रबा पनि सम्मानीत भइसकेका छन्।  बि.स. २०७५ मा नेपाल सरकारबाट प्रबल जनसेवाश्री चतुर्थ यसैगीत बक्स अफिस म्यूजिक अवार्ड, एपिक नेपाल म्यूजिक अवार्ड र राष्ट्रिय संगीतकर्मी अवार्ड पनि पाइसकेका छन् ।