झोराहाट वाङ्मय महोत्सव शुभारम्भ

आर्टिष्ट खबर/ असोज, विराटनगर ।

मोरङमा दुईदिनसम्म चल्नेगरी ‘झोराहाट वाङ्मय महोत्सव–२०७६’ शुभारम्भ भएको छ । कवि तथा प्राज्ञ तुलसी दिवसले उद्घाटन गरी सुरु भएको कला साहित्य महोत्सवमा भारतसहित देशका विभिन्न भागबाट दुईसयभन्दा धेरै साहित्यकर्मीहरु सहभागी छन् ।

ग्रामथान गाउँपालिका वडा नम्बर २ मा सुरु भएको यस महोत्सव गोपीकृष्ण मणिकर्णिका सामुदयिक सेवा केन्द्र झोराहाटले आयोजना गरेको हो भने सहआयोजक नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल पर्यटन बोर्ड रहेका छन् । पहिलो दिन शनिबार साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ले ‘हत्तारमा यात्रा’ र चिडिया घरको सुनसान’, साहित्यकार तुलसी दिवसले ‘पुस्तक र मान्छे’ र ‘जिन्दगी र लुगा’, साहित्यकार जसराज किराँतीले ‘आजकल जसराज’ र ‘जिन्दगी मलाई चाहिन्छ’ र छन्द कवि प्रभा भट्टराईले ‘खै म के भन्नु’ र ‘परदेशबाट फर्कनु’ शीर्षकमा आ–आफ्ना कविता वाचन गरेका छन् ।