न्युयोर्कमा हुने वर्ल्ड नेपाली म्युजीक अवार्डको उत्कृष्ट १० लाई प्रमाणपत्र

गोपिकृष्ण चापागाईं/ असोज, काठमाडौं ।

अमेरिकाको न्यूयोर्कमा पहिलो पटक आयोजना हुन लागको ‘वर्ल्ड नेपाली म्युजीक अवार्ड २०१९’को उत्कृष्ट दशलाई प्रमाणपत्र प्रदान गरिएको छ । जम्मा १८ बिधा रहेको यस अवार्डको आइतबार राजधानीको होटल अन्नपूर्णमा एक कार्यक्रमका बिच नोमिनेशनमा परेका सम्पूर्ण कलाकारहरुलाई प्रमाणपत्र प्रदान गरियो । अवार्ड आउँदो नोभेम्बर २३ मा सम्पन्न हुँदैछ ।

कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध गायक प्रेम ध्वज प्रधानले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउन ठूलो योगदान पु¥याएको भन्दै आयोजक टिमलाई धन्यवाद दिए । साथै उत्कृष्ट दशमा पर्न सफल कलाकारहरुलाई बधाई तथा शुभकामना दिए । कार्यक्रममा संगीत बिधासँग सम्बन्धित बिभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उत्कृष्ट दशमा परेका कलाकारहरु अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागी छनोट हुनेछन् । जसका लागी निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ । आयोजक वल्र्ड कनेक्सन युएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ गते बाट विश्वभर भोटिङ गरी उत्कृष्ट १० मा परेका कलाकारहरुलाई निर्णायकको तर्फबाट ५० प्रतिशत, एसएमएस भोटिङबाट ३० प्रतिशत, सोसियल मिडियाबाट १० प्रतिशत र अनलाइन भोटिङबाट १० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन् । उत्कृष्ट तीनमा पर्न सफल कलाकारहरुमात्र फाइनल अवार्ड समारोहमा सहभागी हुन युएसको भिषा प्रक्रियामा लगिने उपाध्यक्ष शेर्पाले बताए ।

फेदर क्रिएशन प्रा.ली.को सहकार्यमा सम्पन्न हुने यो अवार्डका लागी गएको २१ ज्ुन २१ देखि ३० अगष्ट सम्म संसार भरीबाट ७ सय ८२ फर्म दर्ता हुन आएका थिए । तीनफर्मको आधारमा ८ निर्णायक समितिले उत्कृष्ट दश छनोट गरेको हो ।

अवार्डमा उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिलातर्फ, भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला तर्फ, उत्कृष्ट आधुनिक गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक दोहोरी गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीतः पुरुष र महिला, उत्कृष्ट गीतकार, उत्कृष्ट संगीतकार, उत्कृष्ट म्यूजीक भिडियो निर्देशक, उत्कृष्ट संगीत संयोजन, उत्कृष्ट लोपन्मुख गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट पप गीतः पुरुष र महिलातर्फ, उत्कृष्ट लोक गीत लय संकलक, उत्कृष्ट म्युजीक भिडियो मोडलः पुरुष र महिलातर्फका उत्कृष्ट दशलाई प्रमाणपत्र प्रदान गरिएको हो ।