‘लक्ष्मी रानी’लाई पिजी प्रमाणपत्र

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चलचित्रत्र ‘लक्ष्मी रानी’ले केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी प्रमाणपत्र पाएको छ । कात्तिक १ गतेदेखि प्रर्दशन हुन लागेको नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ शुभेच्छा सिने फ्रेमको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रका परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् ।

चलचित्रमा नायिका शुभेच्छा थापाको पहिलो निर्देशनमा बनेको चलचित्र हो । उनले यस अघि दर्जन भन्दा बढि चलचित्रमा मुख्य नायिका, निर्माता तथा सहायक निर्देशनको भुमिका निर्वाह गरिसकेकी छिन् । चलचित्रको निर्देशनको अलवा मुख्य निर्माता र कथा लेखन स्वयम् थापाले गरेकी हुन् ।

चलचित्रमा शुभेच्छा थापा, धिरेन शाक्य, जयकिशन बस्नेत र भोजपुरी सुपरस्टार परदेशी साहको मु्ख्य भुमिका रहेको छ । नायिका शुभेच्छा थापाको यो चलचित्रमा दोहोरो भुमिका छ । अन्य कलाकारमा श्याम राई, शारदा गिरी, रश्मी भट्ट, खगेन्द्र नेपाल, कृष्ण सिवाकोटी, राजु गिरीलगायत रहेका छन् ।

चलचित्रलाई रामेश्वर हुमागाईं, दुर्गा वान्तवा राई र बासु न्यौपानेले छायाँकन गरेका छन् भने सम्पादन ललितसिंह साउद, नृत्यमा विवेक थापा, साइमन राजवंशी र खगेन्द्र नेपालको मुख्य जिम्मेवारी रहेको छ । चलचित्र बितरण प्रदर्शनका लागि आरआर फिल्स् प्रा.लि.ले जिम्मा लिएको छ ।