‘बादशाह जुट’ले माफि माग्यो

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

आउँदो कात्र्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’ले एक विज्ञप्ती जारी गर्दै मुस्लिम समुदायसँग माफि मागेको छ । ‘बादशाह जुट’को सार्वजनिक ट्रेलरमा मुस्लिम समुदायलाई ठेस पु¥याउने खालको कुनै पनि साम्रगी प्रयोग नगरिएको समेत विज्ञप्तीमा जनाइएको छ । निर्माण पक्षले कसैको मान मर्दन हुने र आँच पुर्याउने सामग्री चलसचित्रमा प्रयोग नभएको स्पष्ट पारेको छ ।

ट्रेलरमा ३ सकेन्ड देखि बजेको अजानको आवाज र आठ सेकेन्डमा देखाइएको हतियार तथा १३ सेकेन्डमा राखिएको आईएसको आवाजले मुस्लिम समुदायमा परेको ठेसप्रति भने निर्माण पक्षले माफि मागेको छ ।

निर्माण पक्षले चलचित्र सेन्सर बोर्डले ‘बादशाह जुट’ले कुनै पनि धर्म तथा समुदायलाई ठेस पुर्याउने सामग्री चलचित्रमा समावेश नभएको भन्द्र प्रदर्शनका लागि इजाजत दिएकाले मुस्लिम समुदायलाई कुनै पनि नकारात्मक सामग्री नरहेको आश्वस्त पारेको छ ।

मुस्लिम समुदायलाई अपमानित गर्ने उद्देश्यले ‘बादशाह जुट’ नबनाइएको पनि निर्माण पक्षले बताएको छ । चलचित्र निर्माण समूहले राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीसँग छलफल गरि आवश्यक दृश्य तथा संवाद संच्याउने निर्णय गरिएको पनि विज्ञप्तीमा उल्लेख छ । यसअघि, नेपाल मुस्लिम संघले सार्वजनिक ट्रेलरप्रति आपत्ति जनाउने युट्युबबाट हटाउन आग्रह गरेको थियो । चलचित्र जोनी सिंह राणाले निर्देशन गरेका हुन् ।