‘सरौतो’ को ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

आउँदो कार्तिक २२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सरौतो’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा एक्सनसँगै कथासारलाई पनि खुलाइएको छ । सुमीले एक्सनमा प्रसस्तै मेहनत गरेको सार्वजनिक ट्रेलरले प्रस्ट्याउछ । साथै दुइ लिड कलाकार सन्नी सिंह र भिलेनको रुपमा देखिएका लियो ट्यांकले पनि ट्रेलर हेरिरहेकाको ध्यान आफ्नो तर्फ खिच्न सफल देखिएका छन् । ट्रेलरमा पुराना कलाकारहरु युवराज लामा , विजय लामा , धिरेन शाक्यको उपस्थिति पनि बलियो देखिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिमको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा खानेपानी मन्त्री विना मगरको समेत उपस्थिति रहेको थियो । समाजसेवी नेता गणेश लामा , पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा , काठमाण्डू बहिरा संघकी शिला शर्मा , निर्देशक दीपाश्री निरौला , कलाकार जितु नेपाल लगायतले पनि कार्यक्रममा उपस्थित हुँदै फिल्मलाई सफलताको शुभकामना दिए । म्युजिक भिडियो र एडमा चिनिएको नाम हरी हुमागाईं यसै फिल्म मार्फत निर्देशनमा समेत डेब्यु गर्दैछन् ।

गीतलाइ उनले फिल्मकै कथाअनुसार तयार गरेका छन् । फिल्ममा आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ । विजय , युवराज र धिरेनको उपस्थितिले दर्शकलाई पुरानो दिनको याद गराउन सक्छ । सिनेम्याटोग्राफीमा बलियो नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म रिभेन्ज स्टोरी भनिएको छ ।

चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन् । यसलाई काठमाडौँ , सिम्रौनगठ लगायतका तराइको स्थानमा मुख्य रुपमा छायांकन गरिएको छ । राजेश रोय क्रिएटिभ निर्देशक रहेको फिल्मलाइ उपत्यकामा गोपाल काजि कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

Trailer: