सन्तोष पन्तले ‘हिजो आजका कुरा’ चलचित्र बनाउने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/असोज, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> १८ बर्ष सम्म नेपाल टेलिभिजनमा प्रसारण भइ नेपाली दर्शकको मन जितेको हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’ का सन्तोष पन्तले अब त्यसै सिरियलको नामबाट चलचित्र निर्माण गर्ने भएका छन् । सन् २०१३ देखी बन्द रहेको यो सिरियल बन्द रहेको थियो ।&nbsp; &nbsp;कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले चलचित्र ‘हिजो आजका कुरा’ निर्देशन गर्दैछन् । साकारले एकसमय नेपाल टेलिभिजनबाट केहि भाग प्रसारण भएको ‘हस्पिटल’ सिरियल पनि निर्देशन गरेका थिए । उक्त सिरियल पनि अहिले बन्द भइसकेको छ ।</p><p style="text-align: justify; ">विदेशसँग सम्बन्ध राख्ने ४ परिवारको कथा चलचित्रमा देखाइने शुक्रबार काठमाडौंमा आयोजीक कार्यक्रममा जानकारी दिइयो । पन्त फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा हाँस्य सिरियल ‘हिजो आजका कुरा’को मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया नै मुख्य भूमिकामा देखिदैछन् । उनीहरुको साथमा चलचित्रमा नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, जेबिका कार्कि, रमेश अधिकारी, सविन शाक्य, विनायक कुँइकेल, अनुष्का अधिकारीलाई देख्न सकिनेछ ।</p><p style="text-align: justify; ">कात्तिकको तेस्रो साताबाट छायांकन सुरु हुने भनिएको यो चलचित्रमा सन्तोष पन्त र साकार पन्तको कथा, सन्दिप किस्नाको लेखन, रवि सायमीको छायांकन, हक्र्युलिस बस्नेतको गीत तथा संगीत रहनेछ ।&nbsp;&nbsp;</p>