यसराजको ‘लभ यु हमेशा’ ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ कात्र्तिक, काठमाडौं ।

नयाँ चलचित्र ‘लभ यु हमेशा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो कात्तिक २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा देखाइएको छ । भास्कर प्रधानले निर्देशन गरेको यो चलचित्र नेपाल भन्दा एकसाता अघि अर्थात १५ कार्तिकमा भारतमा प्रदर्शन हुँदैछ ।

यस्तै चलचित्रको प्रमोशनको काममा निर्माण युनिटले तिब्रता दिएको छ । चलचित्रका प्रमुख कलाकारहरुले राजधानीका सिंगल तथा मल्टिप्लेक्स सिनेमा घरमा पुगी दर्शकलाई बिभिन्न खेल खेलाउदै पुरस्कार स्वरुप ‘लभ यु हमेशा’ अंकीत कप, पेन तथा डायरी प्रदान गरिरहेका छन् । दर्शक साक्षात्कार कार्यक्रम मंगलबार चावहिलस्थित गोपीकृष्णहलबाट सुरु गरिएको हो । फिल्मका प्रमुख अभिनेता यशराज गराच, अभिनेत्री फिजा योन्जन, ऋचा थापा तथा हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’ ले दर्शकहरुसँग साक्षात्कार गरिरहेका छन् । कलाकारको टोली शुक्रबार कमल पोखरीस्थित बिगसिनेमामा पुगेर दर्शकसँग खेल खेल्दै चलचित्रको प्रचार गरेको थियो ।

निर्देशक प्रधानकै लेखन रहेको चलचित्र यवन गुरुङले निर्माण गरेका हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मले फेसबुक प्रोफाइलमा ‘लभ यु हमेशा’ को फ्रेम राख्ने मध्ये हरेक हप्ता एकजना दर्शकलाई नगद २५ सयका साथमा बिभिन्न उपहार प्रदान गर्ने घोषणा गरेको छ । फिल्म प्रदर्शन भन्दा दुई साताअघिबाट दैनिक रुपमा फेसबुक तथा टिभीलाइभ शोमार्फत उपहार बिजेता सार्वजनीक गरिने निर्माणपक्षले जनाएको छ ।

धर्मा क्रियशनको ब्यानरमा निर्माण भएको फिल्म शिव ढकालले खिचेका हुन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलि पिन्सका बिभिन्न स्थानमा खिचिएको चलचित्रमा यशराज, फिजा र गोपालका साथमा ऋचा थापा, शिसिर राणा, करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमीला राई लगायतका कलाकारले अभिनय गरेका छन् । भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Video: