सुनिल थापालाई सलमानको प्रोडक्सनमा बन्ने फिल्ममा अफर

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

बलिउड अभिनेता सलमान खानको प्रोडक्सनमा बन्न लागेको नयाँ हिन्दी चलचित्र ‘क्वाथा’ का लागी नेपाली चलचित्रक्षेत्रका चर्चित अभिनेता सुनिल थापालाई अफर आएको छ । यसअघि पनि बलिउड चलचित्रमा आफ्नो काम देखाइसकेका सुनिलले उक्त चलचित्रमा काम गर्ने मौखिक सहमति भइसकेपनि लिखित सम्झौता गर्न बाँकी रहेको सुनिल बताउँछन् ।

बलिउड अभिनेत्री कैटरीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्ने यो चलचित्रमा सुनिलले भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन् । सलमानका ज्वाईं आयुष शर्माको प्रमुख भूमिका रहने उक्त चलचित्र करण भुटानीले निर्देशन गर्दैछन् । आफ्नो भूमिका मन परेपछि फिल्ममा काम गर्न राजी भएको उनको भनाई छ । उक्त चलचित्रको नेपालमा छायांकनका लागि आफूले पहल गरिरहेको पनि सुनिल थापा बताउँछन् । उनी भन्छन्, ‘फिल्मको छायांकन थाइल्यान्डमा गर्ने तयारी भइरहेको रहेछ, मैले युनिटलाई छायांकनका लागि नेपाल आउने प्रस्ताव गरेको छु ।  यो हुन सकेको खण्डमा नेपालको पर्यटन प्रवर्द्धन पनि हुनेछ ।’

करिब तीनसय नेपाली चलचित्रमा काम गरिसकेका सुनिलले सन् १९६४ मा चेतन आनन्दको चर्चित चलचित्र ‘साहिब बहादुर’ बाट बलिउडमा डेब्यू गरेका थिए । पछिल्लो पटक उनी चलचित्र ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु पनि बनेका थिए ।