फ्यानसँग आकाशको बर्थडे केक

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नायक आकाश श्रेष्ठले आफ्नो फ्यानसँग जन्मदिन मनाएका छन् । मंगलबार दिउँसो चावहिलस्थित एवन क्याफेमा जम्मा भएका दुईदर्जन बढी फ्यानको ग्रुपले उनका लागी केकको ब्यवस्था गरेका थिए । साथै उनलाई आइफोन लगायत थुपै उपहार दिएका थिए ।

जन्मदिनमा केक काट्दै आकाशले फ्यानको मायाका लागी धन्यवाद ब्यक्त गरे । साथै उनले चलचित्रक्षेत्रमा प्रवेश गरेको छोटो समयमा पनि धेरै माया पाएकोमा दंग परेको बताउँछन् । उनी भन्छन् ‘पुजा र म धेरै कुरा गछौं, फ्यानहरुको माया देख्दा दंग पछौं । यतिधेरै माया गर्नुहुन्छ सबैलाई धन्यवाद ।’ आकाशले जन्मदिन मनाउँदै गर्दा सहकर्मि पुजा शर्मालाई सम्झिएका थिए । चलचित्रको पर्दामा निकै रुचाइएको जोडी पुजा शर्मासँग कहिल्यै नछुटिन फ्यानहरुले आग्रह गरेका थिए । ‘हामी चाहान्छौं उहाँहरुको जोडी सधैं यसरी नै अगाडी बढोस्’ फ्यानहरुको संयुक्त आवाज थियो ।

‘पुजा अकाश फ्यान ग्रुप’ नामक फेसबुक ग्रुपमा रहेका फ्यानहरुबाट संकलन गरिएको रकमले आईफोन किनेर आकाशलाई उपहार दिइएको थियो । आकाशले आगामी दिनमा अझ राम्रा चलचित्र दर्शकमाफ ल्याउने र काममा अझ निखारता ल्याउने फ्यानमाफ सुनाए । सामाजिक सञ्जालमा पुजा आकाशको वास्तविक जोडी भएको देख्न पाइयोस् भन्ने कुराबाट हैरान भइरहेका आकाश जन्मदिन मनाइदिएका फ्यानहरुले पनि यहि प्रश्न तेर्साइरहेका थिए । फ्यानले बिहे नै होस् भन्दै आशिष दिएका थिए । आकाशले पनि पुजासँग प्रेममा रहेको या नरहेको कुनै कुरा खुलाएका छैनन् ।