गीतमा लिपुलेकका कुरा

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

यतिखेर नेपालमा भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि समेटिएपछि सर्वत्र विरोध भइरहेको छ । सामाजिक सञ्जालदेखि देशभर विभिन्न तह र तप्काका मानिसहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । यसका साथै यसबिषयमा नयाँ गीत सार्वजनिक गरिएको छ ।

भारतले सीमा मिचेको विरोधमा नेपाली जनता जागिरहेको अवस्थामा ‘कालापानी’ बोलको नयाँ गीत सार्वजनिक भएको हो । देशप्रेमको भावनाबाट ओतप्रोत गीतमा प्रभावन जेको शब्द र संगीत रहेको छ। गीतमा प्रभावनसँगै सपना गुरुङ, कुमार पौडेल, जीवन बडु, कुमार पौड्याल र विवेक चौलागाईको स्वर रहेको छ । नविन भट्टको सम्पादन रहेको यस गीतमा जीवन बडुको एरेन्ज तथा मिक्सिङ रहेको छ। उक्त म्युजिक भिडियो डिएआर म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा ‘कालापानी हाम्रै हो, लिपुलेक फिर्ता गर’ लगायतका संवादहरु समेटिएका छन् ।