चिनियाँ कम्पनीले नेपाली फिल्म बनाउने

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

चीनको मुन भच्र्यु कल्चर मिडिया कम्पनीले शाक्य मुनि गौतम बुद्धको तेलचित्र (ओइल पेन्टिङ) बनाई सोही कथामा आधारित नेपाल र चीनमा डकु ड्रामा (डकुमेन्ट्री) र अर्को ठूलो पर्दाको फिल्म निर्माण गर्ने घोषणा गरेको छ ।

नेपाल भ्रमणको क्रममा रहेका उक्त कम्पनीका प्रतिनिधिहरुले नेपाल र चीनबीचको सम्बन्धलाई थप उचाईमा पु¥याउन शाक्यमुनि गौतम बुद्धको कथालाई लिएर डकु ड्रामा र ठूलो पर्दाको फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी प्रमुख एवं मुख्य लगानीकर्ता हु जिझोङले नेपाल र चीनको ऐतिहासिक सम्बन्ध झल्काउने गरी फिल्म बनाउन लागेको बताए ।

‘हामी दुई देश बीचको साँस्कृतिक सम्बन्धलाई सहयोग पुग्ने गरी दुई वटा सुन्दर चित्रहरु बनाउने छौं ।’ पत्रकार सम्मेलनमा हुले भने, ‘राजकुमार सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअघि उनको शारीरिक बनावटको झल्को दिने गरी वास्तविक तेलचित्र बनाएर प्रस्तुत गर्नेछौं । चित्र बनाईसकेपछि नेपाल सरकारलाई उपहारस्वरुप दिनेछौं ।’

चीनका प्रख्यात चित्रकार वाङ मिङले लुम्बिनीमा उक्त चित्र बनाउने बताईएको छ । तेलचित्र बनाउँदै गरेको दृश्य र शाक्यमुनि गौतम बुद्धको विषयलाई लिएर डकु ड्रामा बनाउने तयारी भईरहेको हुले बताए । डकु ड्रामा आउँदो मार्च महिनाबाट छायांकन सुरु हुने उनले जानकारी दिए । डकु ड्रामा निर्माण भईसकेपछि नेपाल, चीन लगायत अन्य देशहरुमा हुने फिल्म फेस्टिबलमा प्रदर्शन गरिने उनको भनाई छ । यसबाट नेपालको पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्ने उनले बताए ।

उनीहरुले पर्यटन राज्यमन्त्री धनबहादुर बुढासँग पनि फिल्मको विषयमा छलफल गरेका थिए ।

डकु ड्रामाको प्रदर्शन पछि सोही तेलचित्र चोरिएको विषयलाई लिएर ठूलो पर्दाको फिल्म बनाउने कम्पनीको योजना छ । उक्त फिल्ममा नेपालको तर्फबाट नायक एवं अभिनेता रेश मरहट्टालाई मुख्य भूमिकामा अनुबन्ध गरिएको हुले जानकारी दिए । ‘फिल्ममा नेपालबाट मुख्य भूमिकामा रेशलाई खेलाउने सहमति भएको छ, उनले भने, ‘यो फिल्ममा रेशको गेटअप र लुक्स हेर्दा हामीलाई मन प¥यो । सायद अर्को महिना बेईजिङमा हाम्रो औपचारिक सम्झौता हुन्छ होला ।’

पत्रकार सम्मेलनमा अभिनेता रेशले आफू यसरी नेपालबाट चीनले बनाउने फिल्ममा छनौट हुन पाउँदा गर्व लागेको बताए । उनले भने, ‘ म यसरी फिल्ममा छनौट हुनु भनेको नेपाल र नेपालीको सम्मानको विषय हो । यसबाट नेपाल र चीनबीचको सम्बन्ध अझै मजबुत हुनेछ भन्ने विश्वास लिएको छु ।’