ट्रेलरमा हेर्नुस् ‘१२ सत्ताइस’

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।&nbsp; </b></pre><p style="text-align: justify; ">आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीस्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।&nbsp;<br></p><p style="text-align: justify; ">लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको सार्वजनिक ट्रेलरमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ । जोन योञ्जनले निर्देशित चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ ।</p><p style="text-align: justify; ">चलचित्र रेणु राना, दिपक खातियोडा, र रुपक थापाले निर्माण गरेका हुन् भने चलचित्रका लागी सहनिर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ। चलचित्रको कथा निर्देशक जोनले नै तयार पारेका हुन् । अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।</p><pre style="text-align: justify; "><b>Trailer:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/JBr5DYhG6L8" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>