अनमोललाई छैन डर

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

युवास्टार अनमोल केसीले काम गरेका अधिकांश चलचित्र हिट छन् । तर केहि चलचित्रमा राम्रो काम गर्दागर्दै पनि चलचित्र असफल पनि भएका छन् । केहि चलचित्र असफल हुँदा अनमोलले आगामी चलचित्रमा काम गर्दा निकै ध्यान दिनुपर्ने देखिएको थियो । महंगो पारिश्रमिक लिएर अनुबन्धित भएका समाचार आइरहदा अनमोललाई चलचित्र कस्तो होला भन्ने डर चाँही पक्कै थियो । पछिल्लो समय बर्षमा केहि चलचित्रले मात्र राम्रो ब्यापार गरिरहेका बेला कतै मैले काम गर्ने चलचित्रले पनि बक्स अफिसमा कमाल गर्न नसक्ने होकि भन्ने डर अनमोलको मनमा पक्कै परिरहेको थियो ।

केहि समय अघि चलचित्र धुपौरेमा काम गर्ने पक्का भएको थियो तर चलचित्रको कथा मन नपरेर चलचित्र छाडे । अनमोलले अहिले सम्म काम गरेका चलचित्रमा नायिका नयाँ नै राख्ने गर्दथे । तर यसपटक भने नायिका र टिमसँग दोहोराएर काम गर्ने भएका छन् । गतबर्ष अनमोलले काम गरेको चलचित्र ‘ए मेरो हजुर ३’ले बक्स अफिसमा निकै राम्रो ग¥यो । अनमोल र निर्देशक तथा कलाकार झरना थापाकी छोरी सुहाना थापासँगको जोडीलाई दर्शकले निकै मन पराए । ए मेरो हजुरको चौथो सिरिजमा अनमोल र सुहाना नै होलान कि नहोलान भन्ने जिज्ञासालाई अनमोलले मेटाएका छन् । फेरी एक पटकसोहि टिमसँग काम गर्ने पक्का भएको छ । अब यो चौथो सिरिजका लागी अनमोललाई त्यति डर भने पक्कै छैन । किनकी दर्शकले मन पराएको चलचित्र ब्राण्ड त्यसमाथि पनि गतबर्ष अत्यधिक मन पराइएको सुहाना र अनमोलको जोडी, यसअर्थमा पनि चलचित्र सफल हुन्छ भन्ने अनुमान मज्जैले गर्न सकिन्छ ।

सुनिल कुमार थापाले निर्माण गर्ने ए मेरो हजुर ४ लाई झरना थापाले नै निर्देशन गर्दैछिन् । माघ २० गतेबाट छायांकन सुरु हुने यो चलचित्रको प्रदर्शन आउँदो दशैंम गर्ने तयारी भइरहेको छ ।

अनमोलले ‘ए मेरो हजुर ४’ पछि होम प्रोडक्सनको ‘एन्टी हिरो’मा काम गर्नेछन् ।  ‘ए मेरो हजुर ४’ मा लभर ब्वाईको रुपमा प्रस्तुत हुन लागेका उनी ‘एन्टी हिरो’ मा दोस्रो पटक एक्सन गर्दै देखिनेछन् । यसअघि उनलाई फिल्म ‘कृ’ मा एक्सन अवतारमा देखिएको थियो । ‘एन्टी हिरो’ का लागि अहिले निर्माण टिम अभिनेत्रीको खोजीमा छ ।

(समाचार हिमालय टाइम्समा प्रकाशित छ)