फ्राइडे रिलिजःहलमा तीन नेपाली फिल्म

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

पछिल्लो केहि महिना यता नेपाली चलचित्रको बजार खस्किएको छ । धेरै चलचित्रले बक्स अफिसमा राम्रो गर्न सकिरहेका छैनन् । कुनैपनि युवास्टारहरुको चलचित्र यतिखेर हलमा छैनन् । साना लगानी र प्रचारमा कन्जुस्याी गरेका चलचित्रहरु हलमा लाग्दा दर्शक खासै आएको देखिदैन । त्यसैले पनि चलचित्रको ब्यापारमा राम्रो हुन नसकेको बुझिन्छ । गतसाता प्रदर्शनमा आएका दुई आशा लाग्दा चलचित्रले पनि ब्यापार गर्न नसक्दा प्रदर्शनको तयारीमा रहेको अन्य चलचित्रका निर्माता पनि डराएका छन् । गतसाता प्रदर्शनमा आएका दुई चलचित्र निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको ‘घामड शेरे’ र आर्यन सिग्देल र मिरुना मगरको मुख्य भूमिका रहेको ‘चच हुई’ पनि एकसाता पनि हलमा टिक्न सकेनन् ।

यसैक्रममा आज (शुक्रबार)बाट तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् भने अन्य दुई बिदेशी चलचित्र पनि सँगै प्रदर्शनमा छन् । अभिनेत्री सुमी मोक्ताको मुख्य भूमिका रहेको चलचित्र ‘सरौतो’ प्रदर्शनमा आएको छ । यो चलचित्रमा समावेश ‘कुले दाई’ बोलको गीत केहिमात्रामा हिट छ । यसले गर्दा पनि चलचित्रको प्रमोशनमा थप सहज भयो । चलचित्रमा अभिनेत्री सुमीलाई एक्सन अवसरमा देख्न सकिन्छ । अभिनेता सन्नी सिंहसँग उनको प्रेम र रोमान्स देख्न सकिन्छ ।

सरौतोमा विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रका निर्देशक हरी हुमागाईं हुन् । कुशल छायाँकारको रुपमा आफूलाई स्थापित गरेका उनको यो डेब्यू निर्देशीत चलचित्र हो । यो चलचित्रले तेस्रो पटकसम्म प्रदर्शन मिति सारेर आजको मितिसम्म पु¥याएको हो । आज प्रदर्शनको पहिलो दिन सरौतोलाई क्युएफएक्स चेनले १४ शो दिएको छ ।

यस्तै अर्को नेपाली चलचित्र ‘लभ यु हमेशा’पनि दुईपटकसम्म मिति सरेर आजबाट प्रदर्शनमा आएको छ ।  भारतको दार्जिलिङ, सिलगुढीलगायतका स्थानका हलमा प्रदर्शन भइरहेको यो चलचित्र नेपालका सबैजसो हलमा प्रदर्शनमा आएको हो । भास्कर प्रधान निर्देशीत यो चलचित्रमा यवन गुरुङको लगानी छ । निर्देशक प्रधानकै लेखन रहेको चलचित्रमा यशराज गरच, ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, पिटी योल्मा, सल्देन तामाङ, प्रमीला राईलगायतका कलाकारले अभिनय गरेका छन् । भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको सिनेमाटोग्राफर शिब ढकाल हुन् । मिलन गुरुङ सहनिर्माता रहेको फिल्मका गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । यो चलचित्रलाई भने क्युएफएक्स चेनले मात्र दुई शो दिएको छ । यो निकै कम हो । शुक्रबारको ब्यापार बढेमा शो बढ्ने अनुमान लगाउन सकिन्छ, नत्र भने शनिबारबाटै यो चलचित्र क्युएफएक्सबाट हट्ने निश्चित छ ।

यस्तै चलचित्र ‘मखमली मखमली’ यहि मंसिर १३ गते बाट प्रदर्शनमा आएको छ । यो चलचित्र भने सिंगल थिएटरमा मात्र प्रदर्शनमा आएको छ । चलचित्रमा निर्मात्री, चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार साबित्रा चिलुवालले यथार्थपरक कथाबस्तुमा नारि बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुख पिडालाइ समेटिएको जानकारी गराएकी छिन् ।

नायक जयकिशन बस्नेतको मुख्य भूमिका रहेको यो चलचित्रमा नायिका शुभेच्छा थापाको पनि अभिनय छ । राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ लगायतको अभिनय छ ।