गायनसँगै कार्यक्रम सञ्चालनमा उत्तिकै ब्यस्त सर्मिला

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रकी लोकप्रिय गायिका सर्मिला श्रेष्ठलाई स्टेजमा गीत गाउनका लागी मात्र होइन, कार्यक्रम सञ्चालनकै लागी अफर आउने गर्छन् । कार्यक्रम उद्घोषणमा पनि उत्तिकै ज्ञान र दक्षता भएकी सर्मिलालाई स्टेजमा बोलाउँदा गायनसँगै कार्यक्रम सञ्चालकको भूमिका निभाउने हुँदा कार्यक्रम आयोजक पनि ढुक्क हुन्छन् । सर्मिला पनि कार्यक्रम सञ्चालन जिम्मेवारी पुर्वक निर्वाह गर्दै आएकी छिन् ।

गीतसँगीको क्षेत्रमा पनि उत्तिकै लोकप्रियता कमाइरहेकी सर्मिला अहिले नेपालमा भइरहेका मेला महोत्सवमा निकै ब्यस्त छिन् । कतै कार्यक्रम सञ्चालिकाको भूमिकामा महोत्सव समय भरी नै ब्यस्त हुन्छिन् त कतै गायिकाको रुपमा मात्रै पनि दर्शकलाई मनोरञ्जन दिन पुगेकी हुन्छिन् ।  सर्मिलाका चाँगु नारायण थान, नक्कली, हेम्सप पोई लगायत दर्जनौं गीत लोकप्रिय छन् ।

यसैबिच अहिले सर्मिला भक्तपुरमा आयोजीक भक्तपुर साँस्कृति पर्यटन तथा ब्यापारिक मेलामा ब्यस्त छिन् । यो मेलामा सर्मिलाले गायिकासँगै कार्यक्रम सञ्चालिकाको भूमिका निभाइरहेकी छिन् । ‘अहिले तीनदिनका लागी कार्यक्रम सञ्चालन गर्ने अवसर दिनुभएको छ । आफूले जानेको कुरा गरेकी हुँ । यो अवसरका लागी आयोजकलाई धन्यवाद दिन चाहान्छु ।’ सर्मिलाले आर्टिष्ट खबरसँग कुरागर्दै भनिन् । यहि मंसिर १३ गतेबाट सुरु भएको यो महोत्सव आगामी २३ गतेसम्म चल्नेछ । गएको शनिबार गायिकाको रुपमा महोत्सवमा प्रस्तुत भएकी सर्मिला सोमबार र मंगलबारका लागी महोत्सवको होस्टको रुपमा रहेकी छिन् । महोत्सवमा आज (सोमबार) गायक राजनराज शिवाकोटीले प्रस्तुती दिनेछन् ।