मिस पुर्वान्चलको प्रतियोगीहरुलाई शिष्टाचार तालिम

आर्टिष्ट खबर/ मंसिर, धरान ।

सौन्दर्य प्रतियोगिता नेपालआईस मिस पुर्वान्चल को दसौ संस्करणको सहभागी प्रतियोगीहरुलाई आइतबार धरानस्थित युएन नवोदय कलेज अफ होटल म्यानेजमेन्टमा शिष्टाचार व्यस्थापन तथा डाईनिङ्ग एट्टीच्युड सम्बन्धि तालिम दिईएको छ  ।

आगामी पुस ५ गते धरानमा आयोजना हुने यस प्रतियोगीताको फाइनल प्रतियोगीहरुलाई कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक गगन श्रेष्ठले खाना खाने तरिका ,बस्ने तरिका र कति मात्रामा खाने संगै डाईनिङ्ग एट्टीच्युड सम्बन्धि बिसेष तालिम दिईएको थियो । दुइ दशक देखि नै होटल म्यानेजमेन्ट क्षेत्रमा दक्खल राख्नुहुने  प्रशिक्षक गगन श्रेष्ठले मिस पुर्वान्चलको सुरुवाती दिन देखि नै प्रतोयोगीहरुलाई प्रशिक्षण दिदै आउनुभएको छ  ।

प्रियारानी लामाको कोरियोग्राफीमा प्रतिस्प्रधिहरू फिनालेको ट्रेनिंगमा ब्यस्त छन् संगसंगै उनीहरुलाई धरान हेल्दी होमका सीइओ सुप्रिया माझीले हेल्थ टिप्स , बिपीकेआइएचएस का ऐनाटोमी डिपार्टमेन्टका डा । सरुन कोइराला र डा । सन्दिप शाहले ज्यामितीय अनुहार एन्थ्रोपोमेटिक आकलन तथा अनुहारको प्रकारहरु बारे प्रशिक्षण दिएका थिए  । त्यस्तै पत्रकार देबेन्द्र कार्कीले कन्फ़िडेन्ट लेभल कसरि बढाउने भन्ने बारे जानकारी दिएका थिए  ।

सिजी ब्रुअरी को मुख्य प्रायोजन,  बराह ग्रुपको प्रस्तुति , ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरिया र डिभाइन वाइनको को सह (प्रायोजनमा  तथा सिल्भर इन्टर टेनमेन्टको आयोजनामा हुने नेपाल आईस मिस पुर्वान्चल २०१९को बिभिन्न सब टाइटलको लागि समेत फिनाले अघि प्रतिस्पर्धा गराइदैछ ।