मकवानपुर आइडल खोजिदै

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

मोडल सङ्स नेपालको आयोजनामा मकवानपुरको हेटौडामा ‘मिस्टर एण्ड मिस मकवानपुर आइडल’ को पहिलो अडिसन सम्पन्न गरिएको छ ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका इभेन्टहरू प्रस्तुत गर्दै आएको मोडल सङ्स नेपालले मकवानपुरमा ‘मिस्टर एण्ड मिस मकवानपुर आइडल’ आयोजना गर्न लागेको हो ।

आयोजक संस्थाका कार्यक्रम व्यवस्थापक विवेकविक्रम शाहका अनुसार पहिलो अडिसनको समाप्तीसँगै रहर हुँदाहुदै विभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको अर्को अडिसन आगामी पुस ५ र १२ गते पिज्जा कटर, स्कुल रोड, हेटौंडामा हुनेछ ।

प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने साथै ‘मकवानपुर लिटल स्टार,२०२०’ का उत्कÞृष्ट १० प्रतिस्पर्धीहरुले भारतमा आयोजना हुने ‘इन्डिया किड्स फेसन वीक’मा सहभागी हुन पाउनेछन् । प्रतियोगिताको विजेता साथै उत्कृष्ट क्षमता भएका प्रतिस्पर्धीहरुलाई विभिन्न म्युजिक भिडियो, विज्ञापन, टेलिचलचित्र तथा वेब सिरिजहरुमा समेत सहभागी गराईने छ ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ, जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनरबाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागी गराइनेछ । व्यवस्थापक शाहले सौन्दर्य प्रतियोगिताले मकवानपुर क्षेत्रका युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरी समाजमा सकारात्मक सन्देश दिन सफल हुने दाबी गरे ।