सर्वनाममा दुई कवि

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

सर्वनाम थिएटरको ७३ औं शृङ्खलामा विराटनगरका कवि मीनकुमार नवोदित र दार्जिलिङका कवि नुहाङ राईले आफ्नो प्रस्तुति दिएका छन् । लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामले हरेक महिनाको १ गते दुई जना कविलाई निमन्त्रणा गर्ने गरेको छ ।

नवोदितले ‘जुन र आमा’, ‘देशको नाममा’, ‘युगको अन्तिम रात’, ‘अन्तिम इच्छा’, ‘प्रेम र तस्बिर’, ‘देश छाड्नुअघि’, ‘अर्गा्निक अनुहार’, ‘कुरूप समयको बयान’, ‘बा हुनुको अर्थ’ लगायत शीर्षकका कविता वाचन गरेका थिए । नवोदितको यसअघि काठमाडौंको राष्ट्रिय नाचघर र पोखरा थिएटरले पनि एकल कविता वाचन कार्यक्रम गरेका थिए । त्यस्तै नुहाङले ‘जुत्ता’, ‘रातो कविता’, ‘सपनाको आगो र पुत्ला’, ‘बुधे’, ‘टाउको बिनाको समय’ लगायत कविता सुनाए । सर्वनामले रंगमञ्च र साहित्य क्षेत्रमा काम गर्र्दै आएको कार्यक्रम संयोजक राज शाहले बताए ।