आमाको ट्रेलर सार्वजनिक, दर्शक रुवाउने कथा

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नयाँ चलचित्र ‘आमा’को ट्रेलर सार्वजनिक गरिएको छ । आउँदो फागुन १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको सार्वजनिक ट्रेलरमा अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा छट्पटिरहेका पितालाई बचाउन एक छोरीले गर्ने त्यागलाई देखाइएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर तीन मिनेट माथि छ । चलचित्रमा आमाको भूमिकामा मिथिला शर्मा र छोरीको भूमिकामा सुरक्षा पन्त छिन् । चलचित्र दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् भने चलचित्र खिच्ने र लेख्ने काम पनि खनालले नै गरेका छन् । चलचित्रमा लगानी शर्मिला पाण्डेको छ । चलचित्रमा सुरक्षा र मिथिलासँगै देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको गीत भुपेन्द्र खड्काले लेखेका हुन् ।

Video: