मेरी बास्सैका दर्शने भन्छन्, रमाइलो गर्दा गर्दै ‘दर्शने’ जन्मियो

...

suresh thapa darsane - meri bassai artistपुस ७, काठमाडौं । कुनै समय गायक बन्छु भनेर हिडेका सुरेश थापा अहिले दर्शनेको भुमिकाले आफुलाई दर्शक सामु चिनाउँदा दंग छन् । सप्तरीको हर्दिया घर भएका सुरेश उच्च शिक्षा हासिल गर्न काठमाडौं छिरेको र धेरै संघर्षले कलाकारीतामा प्रवेश गरेको बताउँछन् नेपाल टेलिभिजन बाट प्रसारण हुने हाँस्य टेलिश्रृंखला ‘मेरीबास्सै’मा पछिल्लो छोटो समयमै ‘दर्शने’को भुमिकाबाट एकाएक हिट हुँदा दुख गर्नेहरुको एकदिन सबैको पालो आउने कुरा बताउँछन् । मेरी बास्सैमा ४३३ औं भागबाट दर्शनेको गेटअपमा उत्रिएका सुरेश केहि हप्ता आफुलाई दर्शनेको भुमिका स्थापित गर्न गाह्रो परेको बताउँछन् । दर्शनेको बोली कस्तो बनाउने र कुनबोली लाई दिर्घकालीक लैजाने भन्ने बारेमा सोच्नै केहि हप्ता लागेको बताए ।

कलाकारीतामा प्रवेश गर्दा ठुलो संघर्ष गर्नुपरेको बताउने सुरेशसँग जनबाणी मासिकका लागि गर्नुभएको कुराकानीका केहि भागहरुः

राजेश हमालको ‘भाउजु’बाट प्रेरित भएँ
गाउँघरमा सानैदेखि नाटकहरु मन पथ्र्यो, गितहरु धेरै सुन्ने गर्थेँ, कक्षा ८ मा पढ्दा देखि नै रेडियोमा गित आयो भने पनि एकछिन पढ्न छोडेर भएपनी सुन्ने गर्थें, त्यतिखेर गाउँघरमा टेलिभिजन नभएको कारणले भने अभिनय केहो भन्ने खासै थाहा हुन्थेन र रेडियोमा गित सुनेपछि भोली पर्सि यसरी नै गित गाउँछु भन्ने हुन्थ्यो । पछि कक्षा ९ मा पढ्दा करिब १५ किलोमिटर टाढा रहेको फिल्महलमा हिडेरै राजेश हमालले अभिनय गर्नुभएको भाउजु फिल्म हेर्न गएको थिए । त्यसफिल्ममा राजेश हमालको अभिनय देख्दा यसरी नै अभिनय गर्नपाएहुँथ्यो, यस्तो बन्न पाए हुन्थ्यो भन्ने दिमागमा पस्यो र त्यहि सोच्ने त्यस्तै गर्ने गरियो । पछि स्कुलको कार्यक्रममा नाटक गर्ने कुरा भयो आफैले टिम मिलाएर नाटक पनि सिकाएर गरेका थियौं । त्यो बेलामा मेरो दिमागमा कि गायक कि नायक बन्छु भन्ने मात्र थियो ।

पहिलो पटक काठमाडौं आउनेक्रममा झोलै हरायो
जब एस.एल.सी. पास भईयो अनि कहाँ पढ्ने भन्ने दोरामा थिए अनि मेरो माइलो दाई प्रलाद थापाले तईले कलाकारीतामा धेरै रुचिपनि राखेको छस काठमाडौं गएर पढ् त्यहाँ अवसरहरु धेरै पाइन्छ भनेपछि म काठमाडौं जाने भएँ र काठमाडौं आउनेक्रममा बिच बाटो नौबिसेमा खाजा खाने समय भएको थियो र बसभित्र मेरो सटिफिकेटहरु भएको झोला थियो पछि बसले मलाई छोडेर गएछ । त्यसपछि अर्कोबसमा काठमाडौं आए त्यो बसलाई खोज्ने कोसिस गरेँ तर नसकेपछि फेरी पछि घरमै फर्किएँ । आईए पनि सदरमुकाममै पढेँ र सधैं त्यहाँ बसेर मेरो उद्देश्य पुरा नहुनेभएकोले ब्याचलर पढ्नको लागि फेरी बि.सं. २०६१ सालमा काठमाडौं आएँ र पढ्न थालेँ । darsane meri bassai - suresh thapa

हिरो बन्छु भनेको कमेडीयन बन्न पुगेँ
काठमाडौंमा अवसरहरु खोज्ने क्रममा केमडीयनहरु सँग संगत बढ्दै गयो । खासमा हिरो बन्छु भनेर काठमाडौं आएको थिए पछि कमेडीयनहरुसँग हिड्ने भेटघाट हुने बढि हुन थालेपछि कान्तिपुर टेलिभिजनबाट शंखचक्र टेलिश्रृयल चलाईरहनुभएका शिशिर सुबेदीसँग भेट भयो । शिशिर दाई आफ्नो रिलेशनको मान्छे पनि हुनुहुन्थो त्यो भएर पनि भेट्ने मौका मिल्यो र पछि उहाँलाई मेरो कुराहरु राखेपछि उहाँले फोननम्बर राख्नुभो र मिल्यो भने पछि फोन गर्छु भन्नु भो, समय धेरै भयो फोन पनि आएन, सायद ब्यस्त हुनुहुन्छ होला भन्ने मेरो सोच हुन्थ्यो । पछि आफैले फोन गरेर सुटिङ्ग हेर्न मात्र पनि जान्थें । एकदिन दाईले ल भाईलाई पनि एउटा सिनमा राख्नुप¥यो भनेपछि म निकै खुसी भएँ । ल भाईको पनि मेकअप गर्दिनुस भनेपछि म यतिधेरै खुसी भएँकि अब मेरो इच्छा पुरा हुने भयो भन्ने भयो । त्यतिखेर एउटा नेता बनेर माग्नेमान्छे लाई पैसा दिएर जाने थियो । शंखचक्र टेलिश्रृंयलमा त्यस्तै ७ भागमा खेलेपछि त्यो सिय्रल नै बन्द भयो । पछि शिशिर दाईले नै बनाउनु भएको स्रियल गोर्खे लौरीमा २५ माग सम्म खेल्ने मौका पाएँ ।

अवसर गुम्ला भनेर जागिर खाइन
आफ्नो उद्देश्य पुरा गर्नुपर्छ भनेर मैले कला क्षेत्रका धेरे मानिसहरुलाई भेट्थेँ कुरा गर्थे । कतै अवसर पाइन्छ कि भनेर धेरै धाउने गर्थें । काठमाडौंमा चल्नका लागि कमाई नभएपछि धेरे गाह्रो पनि पर्दै गएको थियो । जागिर खामकी जस्तो पनि लाग्थ्यो तर मैले थाई जागिर कतैपनि खाइन, फेरी कतै अवसर आयो भने जान नपाइने होकि पाएको अवसर गुम्लाकि भनेर जागिर खाइन । महिनामा ३÷४ दिन काम गर्ने दुईतिन हजार भयो भने फेरी महिनाभरी घुम्ने गर्थें ।

‘सर्लकै साइली’ एल्मबमा कमेडी गितपनि गाईयो
म शुरुमा त कमेडीयन त थिएन । शिशिर सुवेदीसँग हिड्दा हिड्दै उहाँको साथी रामकाजी सँग भेट हो । गितसंगितको मान्छे रामकाजीसँग पनि चिनजान हुँदै गयो र मैले पनि गित गाउँछु भनेपछि पछि रामकाजीको सहयोगमा गितपनि गाएँ । लयशब्द रामकाजीकै रहेको छ । मेरो एकलआवाजमा ५ वटा गित समावेश ‘सर्लकै साइली’ कमेडी एल्बम निकालेको थिए जुन अहिलेपनि युट्युवमा हेर्न सक्नुहुनेछ । पछि १÷२ वटा गित अरु साथीहरुको गित पनि गाएँ र पछि गितबाट पनि खासै आम्दानी भएन र जहाँ पनि पेटकै समस्या हुने भएकोले आम्दानी हुने बाटो खोज्न तर्फ लागेँ । त्यो मेरो गितको एल्बम बेच्नका लागि पनि धेरै धाएँ । कति महिना त त्यहि एल्बम बेचेरै काठमाडौंमा जिबिकोपार्जन पनि गरें ।

पैसाकै लागि मेकअप सिक्न थालें
पैसा खासै नहुने भएपछि अब अभिनय र गायन क्षेत्र छोड्छु भनेर पैसा हुने काम गर्छु भनेर लागेँ । एकदिन शिशिर सुवेदीले नै मेकअप गर्छस् भनेर प्रस्ताव गर्नुभो र मेकअप मेन अमृत मरठ्ठा सँग मेकअप सिके र दुई महिना सम्म मेकअप गरीसकेपछि एउटा अफिस बाट क्यामेरा चलाउने अफर आयो । र क्यामेरा एसिस्टेन्टको रुपमा एक बर्ष काम गरें । पछि साथीभाईले गित निर्देशन गर्न भनेपछि गरौं न त भनेर सुरु गरेँ र राम्रो प्रतिक्रिया आयो । त्यो बेलामा सुनिल शाहीको कहाँ बाट भन्ने गित निर्देशन गरेको थिए जुन मेरो पहिलो निर्देशन गरेको गित थियो । निर्देशन र क्यामेराको काम सँगसँगै अगाडि बढाएँ र पछि आफैले क्यामेरा किनेर पनि कुनै कार्यक्रममा खिच्न जाने, विवाह, पार्टी जस्ता ठाउँमा खिच्न जान्थेँ र राम्रै आम्दानी पनि हुँदै गयो ।

रमाइलो गर्दैजाँदा दर्शने जन्मियो
एकदिन मेरो साथी दिपक आचार्यले सिताराम कट्टेल (धुर्मुस) दाईँसँग भेट गराईदिनु भो । सँगै बसेर रमाइलो गर्दा गर्दै दर्शनेको क्यारेक्टर जन्मियो र सिताराम दाईलाई देखाएपछि यो क्यारेक्टर राम्रो छ म मेरीबास्सैमा बोलाउँछु भन्नु भो । र पछि एकैचोटी ६ महिना पछि सिताराम दाईले फोन गर्नुभो र दर्शनेको भुमिकामा मेरीबास्सैमा खेल्न पाएँ । जुन दर्शनेको भुमिका ४३३ औं भागबाट सुरु भएको थियो ।

दर्शने फाउण्डेशन दर्ता गर्छु
मेरी बास्सैमा दर्शनेको भुमिकामा खेलीसकेपछि मैले अनाथ बालबालिकाहरुलाई मेरी बास्सैबाट आम्दानी भएको आधा रकम दिन्छु भनेको थिए । र पछिल्लो केहि समय बिबिध कारणले यो कार्यलाई अगाडि बढाउन सकेको छैन । र मैले पछिका दिनहरुमा भोली दर्शने नभएपनि दर्शने फाउण्डेशन दर्ता गरेर पनि अनाथ बालबालिकाहरुलाई सहयोग गर्नेछु ।

प्रस्तुतीः गोपिकृष्ण चापागाई