आमा बनिन् नायिका विनिता

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

अमेरिकामा रहँदै आएको नेपाली चलचित्रकी नायिका विनिता बराल आमा बनेकी छिन् । छोरीलाई जन्म दिएकी विनिताले सामाजिक संजालमार्फत तस्बिर पनि सेयर गरेकी छिन् ।

विनिताले छोरीको नाम ‘काया’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको वुझिएको छ । नायिका विनिता पौडेल केही बर्ष अगाडि अध्ययनका लागि भन्दै अमेरिका पुगेकी थिइन् । अमेरिका पुगेपछि उनी र तिलक पौडेलपछि प्रेम सम्बन्ध रहेको थियो । उनीहरुले केही महिना अगाडि मात्र बिहे गरेका थिए ।

चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी विनिताका यसपछि कुनै पनि चलचित्र सफल भएनन् । यसपछि, उनी कृषीमा समेत लागेकी थिइन् । अहिले ‘चपली हाइट’को तेस्रो श्रृंखलाको सुटिङ सकिएर प्रदर्शनको तयारीमा छ । यो चलचित्रमा भने मुख्य नायिकाको रुपमा स्वस्तिमा खड्का रहेकी छिन् ।