गायनमा पाख्रिनको एक दशक

आर्टिष्ट खबर/ पुस, काठमाडौ ।

एकदशक अघि गीतसंगीतको क्षेत्रमा लागिरहेका बिशाल पाख्रिन अहिले पनि उत्तिकै ब्यस्त छन् । सानैदेखि गायनमा रुचि भए पनि २०६४ सालबाट औपचारिक रुपमा गायन सुरु गरेका पाख्रिनको पहिलो गीत ‘लुगा त धुने खोलामा’ हो । त्यसपछि उनले गोठालो जीवन बोलको गीत सार्वजनिक गरे । यी दुई गीत सार्वजनिक गरेपछि उनले साङ्गीतिक क्षेत्रमा पछाडी फर्किएर हेर्नु परेन ।

नेपालको पूर्व मेचीदेखि मश्चिम महाकालीसम्म गाइने प्रायः सबै भाकामा गीत गाउन मन पराउने पाख्रिनको पहिलो लोक दोहोरी गीत भने ‘पिरै पिरले मुटु खाईसक्यो’ हो । यो गीत उनले २०६७ मा बजारमा ल्याएका थिए । म्युजिक भिडियोसहित बाहिर आएको गीतमा शब्द, सङ्गीत, स्वरमात्र उनको होइन । भिडियो मोडलिङ पनि उनी आफैले गरेका थिए । गीतमा चर्चित दोहोरी गायक गायिका रामजी खाँड र देबी घर्तीले समेत साथ दिएका थिए ।

गीत सङ्गीतको जतिकै चर्चा भए पनि नेपालमा गायक गायिकालाई जिवन धान्न गाह्रो नै छ । सायद त्यसैले पनि होला केही बर्षदेखि कुवेतलाई कार्यक्षेत्र बनाउदै आएका उनले हालै ‘गाउँकी मेरी माया’ गीत सार्वजनिक गरेका छन् । यहि ल्होछारलाई मध्यनजर गरेर उनले यो गीत बजारमा ल्याएका हुन् ।

छिरिङ शेर्पाको प्रस्तुतिमा नाधिङ सेलो ‘घर त हाम्रो दोलखा’ बोलको गीतमा समेत स्वर दिएका छन् । गीत सङ्गीतको एक दशक लामो यात्रामा दर्जन बढी चर्चित गीत दिएका पाख्रिन गायनको अलवा गीतका शब्द समेत कोर्ने गरेका छन् । उनको शब्दमा अहिले चर्चित गायक गायिकाले गीत समेत गाएका छन् । बाहिरी फुटकर गीतका केही एल्बममा समेत सङ्गीत गरेका पाख्रिन आफु जहाँ भए पनि गीत सङ्गीतको माया मार्न नसक्ने बताउँछन् ।