मलाङको रोमान्टिक पोष्टर

मुम्बई (एजेन्सी) ।

बलिउडको आउँदो चलचित्र ‘मलाङ’ को पोष्टरले दर्शकमा थप कौतोहल्ता थपिदिएको छ । आदित्य रोय कपुर, दिशा पटानी तथा अनिल कपूरको मुख्य भूमिका रहेको यो चलचित्रबारे सामाजिक सञ्जालमा निकै चर्चा देखिन्छ । शुक्रवार चलचित्रका प्रमुख पात्रको पोस्टर रिलिज गरिएको थियो। यस्तोमा निर्माण टिमले शनिवार अर्को पोस्टर सार्वजनिक गरेको छ । जुन पोस्टरमा आदित्य र दिशाको रोमान्टिक सिन प्रस्तुत गरिएको छ । दिशाले इन्स्टाग्राममा सो पोस्टर सेयर गर्दै लेखेकी छिन्, ‘टू वाइल्ड सोल्स… वान लभ… मलाङ!’

शुक्रवार मात्रै आदित्यले फर्स्ट लुक पोस्टर इन्स्टाग्राममा सेयर गरेका थिए । क्याप्सन थियो, ‘लभ इज प्योर, सो इज हेट।’ आदित्यसँगै दिशाले पनि इन्स्टाग्राममा फर्स्ट लुक पोस्टर सेयर गर्दै लेखेकी थिइन्, ’इन लभ… लिभिङ लाइफ फ्रम वान हाई टू अनोदर।’

चलचित्रमा अनिल कपूर पुलिसको भूमिकामा देखिने छन्। उनी मुख्य खलपात्रको रुपमा देखिने बताइएको छ । मोहित सुरीले निर्देशन गरेको ‘मलाङ’को ट्रेलर सार्वजनिक भइसकेको छैन भने चलचित्र आउँदो फेबु्रअरी ७ प्रदर्शन हुने तयारीमा छ ।