बिशेष बन्यो दीपिकाको जन्मदिन

मुम्बई (एजेन्सी) ।

बलिउडकी लोकप्रिय अभिनेत्री दीपिका पादुकोणले आफ्नो ३३ औं जन्मदिन मनाएकी छिन् । ५ जनवरीबाट ३२ बर्ष पार गरेकी दीपिकाले आफ्नो जन्मदिन यसपटक बिशेष बनाउने तयारीमा थिइन् । सोहि अनुरुप उनी अभिनित चलचित्र ‘छपाक’ युनिट सँग उनले केक काटिन् ।

उनले छपाकमा एसिड अट्याक पीडित लक्ष्मी अग्रवालको भूमिका निभाउँदै छिन् । अग्रवालको रियल लाइफलाई रिलमा उतारेकी दीपिकाले आफ्नो जन्मदिन उनीसँगै मनाउने निधो गरेकी थिइन् । त्यसैले आइतवार उनी अग्रवाल लगायत अन्य एसिड अट्याक पीडितद्वारा लखनउमा सञ्चालित क्याफेतर्फ यात्रा गर्दै थिइन् । ती पीडितहरु चलचित्रका पात्र समेत हुन् ।

पिडित लखनउका लागि उड्नुअघि मुम्बई एयरपोर्टमा पति रणवीर सिंहसँगै देखिएकी थिइन् । एयरपोर्टमा दीपिकाका फ्यान केक लिएर पुगेका थिए। दीपिकाले केक काटिन् र रणवीर लगायत उपस्थित फ्यानहरुलाई खुवाइन् । मेघना गुल्जार निर्देशित छपाक १० जनवरीबाट प्रदर्शनमा आउनेछ ।