फुसर्दको समय गीतसंगीतलाईः कोमल वली

गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।

गायिकाबाट दर्शकमाझ चिनिएकी कोमल वली अहिले सांसद बनेपछि गीतसंगीतमा धेरै समय दिन पाएकी छैनिन् । प्राय तीज पर्वमा गीत गाउन नछाड्ने कोमलले पछिल्लो समय भने गीतसंगीतमा फुर्सदको समयमा अलि बढी ध्यान दिन थालेकी छिन् ।

कोमलले सांसदको बैठक बाहेकको समयमा गीत रेकर्ड गर्ने गरेको बताएकी छिन् । आफूले राजनिति गर्दैगर्दा गीतसंंगीतलाई भुल्न नसक्ने र दुबैलाई मिलाएर अघि बढ्ने उनको भनाई छ । उनी भन्छिन् ‘गीतसंगीतप्रतिको मायालाई भुल्न सक्दिन । सांसद बैठक नभएको समयमा गीतसंगीतको काम गर्छु ।’

शनिबार रिपोर्टस क्लबमा आयोजीत एक अन्तक्र्रिया कार्यक्रममा कोमलले छिट्टै एक भजन गीत निकाल्ने तयारीमा जुटेको बताइन् । ‘छिट्टै नै एक भजन गीत निकाल्ने तयारीमा छु । केहिदिनमै रेकर्ड गर्दैछु ।’ कोमलले भनिन् । कोमललाई पत्रकार ऋषि धमलाले प्रथम महिला प्रधानमन्त्री बन्नुस् भनेर सुभकामना दिएका थिए । माहोल हाँसोमय बन्दा कोमलले सबैको साथकै कारणले राजनितिमा आएको र केहि गरौं भन्दै जोश भएर अगाडी बढेको बताइन् । कोमल केहिबेर प्रत्यक्ष दोहोरी पनि खेलेकी थिइन् । साथमा प्रत्यक्ष दोहोरीमा नाम कहलिएका गायक रबिन लामिछाने, राजकुमार बानिय र गायिका प्रिती आलेपनि साथमा थिए ।

केहिदिन अघिमात्रै राजधानीको रत्नपार्कमा कोमलको स्वरमा रहेको एक लोकगीतको छायांकन गरिएको थियो । जुन भिडियोमा कोमलले आफैले अभिनय पनि गरेकी छिन् । मेक्सम खातीसँग दोहोरी गाएकी कोमलले पहिलो पटक प्रत्यक्ष दोहोरी शैलीको गीतमा काम गर्न पाएको पनि बताइन् । गीतमा मेक्समले कोमललाई बिहे गर्न चाहेको कुरा गर्छन् भने कोमलले पनि आफूभन्दा कम उमेरको छौं भन्दै दोहोरी फर्काएका शब्द छन् ।

‘आफूमाथि नै बनेको शब्दको गीत लिएर नरेश र मेक्सम खाती आउनु भो । राम्रो लाग्यो र तयार भएकी थिएँ । भिडियो पनि राम्रो बनेको छ ।’ कोमलले भनिन् । माननिय भएर पनि गीत गाउँदै हिड्छिन् भन्नेहरुका लागी के भन्नुहुन्छ भन्ने प्रश्नमा कोमल भन्छिन्, ‘म सांसद बन्नका लागी गीतसंगीतको क्षेत्रले पनि ठूलो सहयोग गरेको छ । अब सोच फरक बनाउनुपर्छ । गीत गाउनुपनि जो पाए त्यसले सक्दैन, यसमा पनि धेरै दुख छ भनेर बुझ्नुपर्छ । मलाई सांसद भइसकेपछि गीत रेकर्ड गर्न कुनै हिच्किच्याई छैन ।’

कोमलले सांसदबाट मन्त्री भएको कहिले देख्न पाइन्छ भन्ने सञ्चारकर्मिहरुको जिज्ञासामा सबैको साथ र सकारात्मक सोच भयो भने छिट्टै मन्त्री भएको देख्न पाइने आशा राखिन् । ‘तपाईहरु सबैले साथ दिनुस् पक्कै पनि मन्त्री बनेको देख्न पाउनुहुनेछ ।’ कोमलले भनिन् । उनले राजनितिमा आएर गीतसंगीतसँगै अन्य क्षेत्रमा केहिगरौं भन्ने जोशका साथ आएकोले राजनितिबाट हार नखाने बताइन् ।