अशोकले गरे पदभार ग्रहण

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाल सरकारको मन्त्री परिषद्बाट साँस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त भएका अशोक कुमार प्यासी राईले सोमबार पदभार ग्रहण गरेका छन् । राष्ट्रिय नाचघरमा रहेको महाप्रबन्धकको कार्यकक्षमा उनले आफ्नो पदभार सम्हालेका हुन् ।

नेपाल सरकारले उनलाई चार बर्षको लागि नियुक्त गरेका हुन् । पछिल्लो समय उनी पत्रकारितासँगै विविध साँस्कृतिक कार्यक्रमहरुको आयोजना तथा प्रवद्र्धनमा व्यस्त रहँदै आएका थिए । उनले दर्जन बढि कार्यक्रमहरुको आयोजना समेत गरेका छन् ।

संस्थानका कर्मचारीहरुले उनको स्वागत गर्दै संस्थानको वारेमा संक्षिप्त जानकारी समेत गराएका छन् । ताप्लेजुङमा जन्मेर राई काठमाडौंमा कर्म गरिरहेका छन् । झण्डै दुई दशकदेखि नेपाली कला, संस्कृति र रंगमञ्चको संरक्षण, प्रवद्र्धन र प्रचार प्रसारमा लाग्दै आएका राई लाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सिफरिसमा नियुक्त गरेको हो ।

आफ्नो पदभार सम्हाल्दै महाप्रबन्धक राईले साँस्कृति संस्थानलाई राष्ट्रको एक मात्र उत्कृष्ट साँस्कृतिक संस्थान बनाउने कार्यमा आफु लागिपर्ने बताएका छन् । सरकारी तथा गैर सरकारी संस्थाहरुको रोजाईको साँस्कृतिक संस्थान बनाउन नयाँ योजनाहरु कार्यन्वयन गर्नेदेखि संस्थाका समस्याहरुलाई क्रमश सम्बोधन गर्दै नयाँ गति ढिलाउने उनले प्रष्ट पारेका छन् ।

श्रावणदेखी रिक्त हुर्दै आईरहेको साँस्कृतिक संस्थानको महाप्रबन्धकमा उनलाई नेपाल सरकारको मन्त्री परिषद्ले चार बर्षको लागि गत विहीवार नियुक्त गरेका हुन् । उनको आगमन पछि साँस्कृतिक संस्थानको मुहार फेरिने सबैले विश्वास लिएका छन् ।