चलचित्र चिसो एस्ट्रेः गाउँले युवाको सहरिया यात्रा

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

आउँदो बर्षको जेठ १६ गते नयाँ चलचित्र ‘चिसो एस्ट्रे’ प्रदर्शनमा आउने तयारीमा छ । यसअघि कमै नाम सुनिएको यो चलचित्र युनिटले चलचित्रका केहि तस्बिर सार्वजनिक गर्दै चलचित्रको प्रमोशनपनि थालेको छ ।

चलचित्रमा गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने यो चलचित्र दिनेश पाल्पालीले निर्देशन गरेका हुन् । दिनेशले यसअघि ‘बालकृष्ण सम ः अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै  थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भइ विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत् मानिसको अन्तरयात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने जमर्को गरेको बताए । चलचित्रमा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ । दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले राहदानी, कारखाना आदि फिल्ममा काम गरिसकेका छन् । निकुन श्रेष्ठ, छड्के र झिग्रानामा रुचाइएका कलाकार हुन् ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्र महेशबाबु तिमल्सिनाले  प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन् ।