चितवनमा दुईफिल्म हल थपिए

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नेपाली चलचित्रको बजार फराकिलो भएसँगै फिल्म हलहरुमा थपिदै गएका छन् । यसैबिच चिवतनमा एकैसाथ दुई हल सञ्चालनमा आएका छन् । एक मल्टिप्लेक्ससहित दुईवटा फिल्म हल सञ्चालनमा आएका हुन् ।

भरतपुरको सिजी ल्याण्डमार्कको चौथो तलामा आधुनिक सुविधासहितको सिनेप्लेक्स मल्टिप्लेक्स हल सञ्चालनमा आएको छ भने पूर्वी चितवनको पर्सामा म्याङ्गो हल सञ्चालनमा आएको छ । हलमा पछिल्लो आधुनिक प्रविधि भित्र्याइएको सिनेप्लेक्स हल सञ्चालक गणेश श्रेष्ठले बताएका छन् । उनले ल्याण्डमार्कमा अन्य कामसमेत गर्न आउने ग्राहक दर्शकलाई सजिलो होस् भनेर उच्चस्तरीय सन्तुष्टि प्रदान गर्ने गरी हल तयार गरेको बताएका छन् । हलमा गणेश श्रेष्ठ, कमल चौधरी र राजेन्द्र प्रधानको गरी करिब ११ करोड लगानी रहेको छ । हलमा जेबिएल साउन्ड सिस्टम जडान गरिएको छ । चितवनमा सिनेप्लेक्ससहित दुई वटा हल मल्टिप्लेक्स बनेका छन् ।

यस्तै, पूर्वी चितवनको पर्सामा म्याङ्गो जनज्योती हल सञ्चालनमा आएको छ । करिब ५ करोडको लगानीमा तयार भएको हलको क्षमता ३०४ जनाको रहेको सञ्चालक शिवप्रसाद उप्रेतीले जानकारी दिए । उनीसहित ५ जनाको समूहले हलमा लगानी गरेको हो । मल्टिप्लेक्स नभए पनि मल्टिप्लेक्समा हुने सुविधा उपलब्ध गराइएको सञ्चालकको दाबी छ ।