नवललाई राष्ट्रवादी नायक सम्मान

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

‘राष्ट्रवादी नायक सम्मान २०७६’ बाट नायक तथा निर्माता नवल खड्कालाई सम्मान गरिएको छ । दाङमा आयोजित ‘बुद्ध सरयू चलचित्र महोत्सव २०७६’मा उनलाई उक्त सम्मान दिइएको हो । कार्यक्रममा प्रदेश न.५ का माननीय सभामुख पूर्ण ब.घर्ती, माननीय सांसद दामा शर्मा, सरस्वती गौतम, अमर डाँगी र ईन्द्र जित थारू लगायतले उनलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिएका थिए ।

कार्यक्रममा निर्देशक नवीन सुब्बा, निर्देशक र निर्माता मुनाल घिमिरे, अमृत सुनुवार, बिनोद श्रेष्ठ, अनुप सुवेदी लगायत सम्मानित भएका थिए । मंगलबारबाट सुरु भएको महोेत्सव तीन दिनसम्म चल्नेछ । महोत्सव दाङका बिभिन्न पक्षहरुको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना भएको हो ।

नवल नेपाली चलचित्र क्षेत्रका नायक निर्माता हुन् । राष्ट्रवादी बिषयमा दशगजा, भीमदत्त लगायत फिल्म निर्माण गरेका उनी अहिले सिमाना काढेतार अभियानका संयोजक पनि हुन् ।