सुदीपलाई सलमानको डेढ करोडको कार उपहार

...

<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी) । </b></pre><p style="text-align: justify; ">अभिनेता सलमान खानले साउथ सुपरस्टार तथा चलचित्र दबंग ३’ का खलनायक किच्चा सुदीपलाई डेढ करोड पर्ने कार उपहार दिएका छन् । बक्सअफिसमा १ सय ५० करोडभन्दा बढीको व्यापार गरिसकेको यो चलचित्रका खलनायक सुदीपका लागी सलमान उपहार लिएर सुदीपको घरमै पुगेका थिए ।<br></p><p style="text-align: justify; ">सुदीपले इन्स्टाग्राममा पोस्ट गर्दै सलमानलाई धन्यवाद भनेका छन् । ‘यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने तपाईंसँग सधैं राम्रो हुन्छ । सलमान सरले मलाई यो लाइनमा भरोसा गरेर जिउन सिकाउनुभयो,’ उनले लेखेका छन् । ‘सलमान सर मेरो घर उपहारसहित आउनुभएको थियो । बिएमडब्लु, एमफाइब, एउटा प्यारो उपहार । मलाई र मेरो परिवारलाई प्रेम दिनुभएकोमा तपाईंलाई धन्यवाद । तपाईंसँग काम गर्न र तपाईं मेरो घरमा आउनु मेरो लागि सौभाग्यको कुरा हो ।’ किच्चा सुदीप आफू सलमान खानको निकै ठूलो फ्यान रहेको बताउँछन् । उनी सलमानलाई निकै आदर गर्ने गर्दछन् ।&nbsp;</p><p style="text-align: justify; ">सलमानको ‘दबंग ३’ र ‘गुड न्यूज’ एक हप्ताको अन्तरमा प्रदर्शन भएका थिए । पपुलारिटीदेखि कमाईसम्म ‘गुड न्यूज’ ‘दबंग ३’ माथि भारी परेको छ । फिल्मको प्रचारमा समेत सलमानले निकै मेहेनत गरेका थिए । तर, ‘वर्ड अफ माउथ’ कमजोर हुँदा फिल्मले बक्सअफिसमा ठूलो कमाई गर्न सकेन । यद्यपि, फिल्मले लगानी भने सुरक्षित गरेको छ । फिल्मका निर्देशक प्रभु देवा हुन्&nbsp;</p>