बन्ने भयो ‘पर्खि बसें २’

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं । </b></pre><p style="text-align: justify; ">बाह्रबर्ष अघिको सुपरहिट चलचित्र ‘पर्खि बसें’ को सिक्वेलको रुपमा ‘पर्खि बसें २’ चलचित्र निर्माण हुने भएको छ । गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुने यो चलचित्र हिमालयन मुभी स्टुडियोसंगको सहकार्यमा निर्माण गर्ने भएको छ । गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको बिनोद सापकोटा बीच विहिबार समहमती भएको हो ।<br></p><p style="text-align: justify; ">चलचित्रमा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन् । पहिले ‘पर्खि बसें’ दीपक श्रेष्ठले निर्देशन गरेका थिए भने यसको दोस्रो सिरिजलाई ‘लभ डायरिज’ निर्देशक सौभर चौधरीले निर्देशन गर्ने भएका छन् । चलचित्रमा कथा पनि उनकै रहनेछ ।&nbsp;</p><p style="text-align: justify; ">पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने सौरभले बताए । फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । चलचित्रमा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ । यसको पहिलो सिरिजमा राज बल्लभ कोइराला, युना उप्रेती, निखिल उप्रेती लगायतको अभिनय रहेको थियो । उक्त समयमा यसको गीतसंगीतलाइ दर्शकले रुचाएका थिए भने पछि फिल्म पनि सुपरहिट भएको थियो । गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको ’माइकल अधिकारी’ आउँदो माघबाट फ्लोरमा जादैछ । त्यसपछि यो टिमको ‘पर्खि बसें २’ फ्लोरमा जाने सेड्युल रहेको छ । यसको रिलिज २०७७ सालमा हुनेछ । ‘पर्खि बसें’ रिलिज भएको १३ वर्षपछि यसको दोस्रो रिलिज दर्शक माँझ आउँन लागेको हो ।&nbsp;</p>