सन्तोषको ‘हिजो आजका कुरा’को गीतमा दर्जनबढी कलाकार

आर्टिष्ट खबर, पुस, काठमाडौं । नेपाली कलाकारिता क्षेत्रका पुराना तथा चर्चित कलाकार सन्तोष पन्तले पहिलो पटक चलचित्र निर्माणमा हात हालेका छन् । उनको दशक अघिको टेलिभिजन सिरियल ‘हिजो आजका कुरा’कै नाममा चलचित्र निर्माण हुदैछ । यो चलचित्रको अहिले एक गीत सार्वजनिक भइरहेको छ । पछिल्लो समय चलचित्र प्रमोशनमा गीतले पनि ठुलो भूमिका खेल्ने भएकाले यो टिमले पनि गीतको निर्माणमा बिशेष ध्यान दिइरहेको छ । अर्थात गीतको भिडियोमा नेपालका थुप्रै चर्चित सेलिब्रेटीहरुलाई राखेर फरक प्रयोग गर्दैछ ।

गएको बुधबार देखी चारदिन लगाएर गीतको छायांकन गरियो । जसमा नेपालका चर्चित सेलिब्रेटीहरुलाई राखिएको छ । बसुन्धरास्थित पानस बैंक्वेटमा छायांकन गरिएको गीतमा अतिथि कलाकारको रुपमा अभिनेता मदनकृष्ण श्रेष्ठ देखी दीपाश्री निरौला, जितु नेपाल, केदार प्रसाद घिमिरे, शिवहरि पौडेल, हरिहर शर्मा, नम्रता श्रेष्ठ, रिमा बिश्वकर्मा, गायक शम्भुजीत बास्कोटा, नविन के भट्टराई लगायतका कलाकारलाई राखिएको छ । सन्तोष पन्तको आग्रहमा थुप्रै कलाकार अतिथि कलाकारको रुपमा उक्त गीतमा देखिन सहमति भएका हुन् ।

नेपाल टेलिभिजनबाट लामो समयसम्म प्रसारण भएको चर्चित हास्य टेलिसिरियल ‘हिजो आजको कुरा’बाट धेरै कलाकार जन्मिएका पनि थिए । जसले गर्दा यो चलचित्रलाई बिशेष रुपमा पनि हेरिएको छ । तर चलचित्र कस्तो बन्छ भन्ने कौतोहुल्ता भने पक्कै थपिएको छ । चलचित्र सन्तोषका छोरा साकार पन्तले निर्देशन गरिरहेका छन् ।

चलचित्रमा टेलिश्रृङ्खलाकै जोडी सन्तोष पन्त र रमा थपलिया मुख्य भूमिकामा रहेका छन्। अन्य कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मा, नितेशराज पन्त, ऋचा शर्मा, जेविका कार्की, अनुष्का अधिकारी, सविन शाक्य लगायतका कलाकारको अभिनय रहनेछ ।

चलचित्रको कथा विदेशमा रहेका र विदेश जान इच्चा राख्ने काठमाडौंका चार परिवारहरुको समस्या संघर्षमा केन्द्रित छ। कमेडी जनरमा निर्मित चलचित्रमा पन्त बुबा छोराकै कथा रहेको छ । चलचित्रको छायांकरत गीतले कत्तिको चर्चा कमाउला र चलचित्रको प्रमोशनमा कत्तिको फाइदा पुर्याउला भन्नेमा गीत रिलिज पछि पक्कै थाहा हुनेछ ।