श्रीलंकाका बिज्ञ रङ्गशाला निर्माणमा

आर्टिष्ट खबर/ पुस, चितवन ।

चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आई.सि.सि ग्राउण्ड स्पेशलिष्ट बन्दुला वार्नपुरा जोडिएका छन् । धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भईरहेको यस रङ्गशालाका लागी गएको पुस २७ गते फाउण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुर बिच रङ्गशालाको ग्राउण्डको काम गर्नेगरी सम्झौता भएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागी बिशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको ब्यक्तिसंग जोडिन पाएकोमा खुसी भएको बताउँछन् । उनका अनुसार ४ महिनामा प्याराफिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधी पछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिनेछन् ।

वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमको पहिलो कप्तान समेत हुन् । उनि झण्डै ८ बर्ष श्रीलंका क्रिकेट बोर्डको क्रिकेट अपरेशन डाईरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाका लागी पहिलो ओ.डि.आई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करियरमा पहिलोपटक श्रीलंकालाई जित दिलाएका थिए ।

श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षक समेत रहेर काम गरेका थिए र सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (ए.सि.सि.) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए । २०१६ मा ‘युथ वीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रुपमा समेत उनले काम गरिसकेका छन् । हाल उनि आईसिसि अन्तर्गत को एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर काम गरिरहेका छन् ।

वार्नपुरालाई रङ्गशाला निर्माण अवधिभरका लागी सम्झौता गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । ‘रङ्गशाला निर्माण अन्तर्राष्ट्रिय स्तरको मात्रै होईन् यो एउटा नेपालको गौरव पनि भएकाले बिज्ञ मानिस राख्नुपर्छ भन्ने हाम्रो टिमको सल्लाहअनुसार उहाँलाई बोलाएका हौं’ वार्नरको बिज्ञता अनुसार अभियानमा जोडिन बोलाईएको बताउँदै धुर्मुसले भने ‘अझै पनि बिशेषज्ञहरु आवश्यक परेको खण्डमा नेपालमै भएका वा बिज्ञहरु बाहिरबाट ल्याएर भएपनि सबैले तारिफ गर्ने र सबै देशले खेल्न चाहने रङ्गशाला बनाउँछौं ।’