नवलपुरमा माघ ९ देखी हुने छैठौं नवलपुर महोत्सवको तयारी तिब्र

...

<pre style="text-align: justify; "><b>गोपिकृष्ण चापागाईं/ पुस, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नवलपरासीको पूर्वी नवलपुरमा आउँदो माघ ९ देखी १९ गतेसम्म छैठौं नवलपुर महोत्सव आयोजना हुने भएको छ । नवलपुर उधोग बाणिज्य सघको आयोजनामा चल्ने यस महोत्सवको तयारी तिब्र भइरहेको बताइएको छ ।&nbsp;</p><p style="text-align: justify; ">‌महोत्सवमा अटो, महिला उधमि, कृषि र व्यावसायिक लगायतका स्टलहरु राखिनेछ । स्टल संयोजक सागर पोखरेलका अनुसार अहिलेसम्म १ सय ७५ स्टल बुकिङ भईसकेको छ । महोत्सवको प्रचार प्रसार उप समिति सयोजकमा हरि सुवेदि रहेका छन् भने साँस्कृतिक कार्यक्रम संयोजकमा गोविन्द क्षेत्री रहेका छन् । महोत्सवको अवधिभर स्थानिय देखी राष्ट्रियस्तरका चर्चित कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।</p><p style="text-align: justify; ">आयोजक संस्थाका अध्यक्ष एब महोत्सव मुल आयोजक समितिका सयोजक डासुराज पोखरेलका अनुसार महोत्सवको उद्धाटन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भवानी राणाले गर्ने भएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;</p>