विदेश कार्यक्रममा जाँदै भ्वाइसका उत्कृष्ट चार

आर्टिष्ट खबर/ माघ, काठमाण्डौ ।

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका उत्कृष्ट चार बिजेताले बिदेशका कार्यक्रममा प्रस्तुती दिन पाउने भएका छन् । बेलायत, युरोप, क्यानडा र इजराएलमा हुने म्यूजिकल टुरमा विजेता शिशिर फागु (राम लिम्बु), सनिष श्रेष्ठ, अनु राना मगर, यन्की यल्मो सहभागी हुनेछन् ।

कार्यक्रम नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवद्र्धधन अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले यही मार्च ३ देखि मार्च २३ तारिखसम्म हुने मंगलबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै, मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरालमा सांगीतिक कार्यक्रम हुने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले बताए । उनका अनुसार, बेलायतको ९ वटा शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ । त्यस्तै, क्यानडामा ४ वटा र इजरेलमा १ वटा सांगीतिक कार्यक्रम हुने बताइएको छ ।

चार देशमा हुने कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई दिने पनि अध्यक्ष पराजुलीले घोषणा गरे । कार्यक्रममा स्नेहा आश्रमका अध्यक्ष तथा कलाकार सुलेमान शंकर ‘इकु’ पनि उपस्थित थिए । सामाजिक कार्यमा योगदान गर्न र ‘नेपाल भ्रमण वर्ष २०२०’  लाई विश्वव्यापी रुपमा प्रचार गर्न सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको ब्लु वर्डका अध्यक्ष पराजुलीको भनाई छ ।

वल्र्ड टुरको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ का विजेता राम लिम्बुले पहिलो पटक सांगीतिक कार्यक्रमका लागि विदेश जान लागेकोमा खुसी व्यक्त गरे । उनले दर्शकको माग अनुसार कार्यक्रममा गीत गाउने बताए । सनिष, अनु र यन्कीले पनि वल्र्ड टुरलाई लिएर उत्साहित रहेको बताए । उनीहरुले अन्तर्राष्ट्रिय मञ्चमा गाउने गीतको कपी राइट्सको विषयमा सम्बन्धि संस्थासँग छलफल गर्ने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले जानकारी दिए ।