शिव परियारलाई अमेरिकी पुरस्कार

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

लोकप्रिय नेपाली गायक शिव बहादुर परियार अमेरिकी सरकारको कला पुरस्कारबाट सम्मानीत भएका छन् । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटीकाउन्सिलद्वारा स्थापित ‘ह्याम्लेट म्यानजुएटा अवार्ड ईन आर्ट्स’ बाट सम्मानित भएका हुन् ।

सिटी काउन्सिल प्रेसिडेण्ट जोएस वाटरम्यानद्वारा प्रदान गरिएको उक्त कला पुरस्कार जर्सीसिटीकी प्रतिनिधि क्याथरिन तान्जे, जर्सी सिटी शहरको मेयरकी सल्लाहकार डा. विष्णुमायापरियार, जर्सी सिटी डेमोक्रेटिक पार्टीकी निर्वा्चित सदस्य रेणु शर्मा सापकोटा र एनआरएन न्यू जर्सीच्याप्टर प्रेसिडेण्ट समिर बुढाथोकीले संयुक्तरूपमा गायक परियारलाई प्रदान गरी सम्मान गरेका थिए । गायक परियारले आफ्नो २६ वर्षको सांगितिक यात्रामा ५ सय भन्दा बढी गीत गाई सकेका छन् भने १० वटा गिती एल्वममा आफ्नो स्वर र संगित सृजना गरेकाछन् ।

जर्सी सिटी शहरमा जनवरी १२ तारिख न्यू जर्सी राज्यका नेपालीहरुको संयुक्त आयोजनामाडाकिएको साँगितिक एवं सम्मान साँझमा गायक शिव परियारले आफ्ना सुमधुर गीतहरू गाएरउपस्थित पाहुनाहरूलाई भरपुर मनोरन्जन दिलाएका थिए । गायक परियारको लोकप्रिय गीत ‘पिउँदिन भन्दा भन्दै पिलायो साथी’ ले गीत यूट्यूब च्यानलमा दुईकरोड ५३ लाख (२५ मिलियन) भन्दा बढीले हेरिसकिएकोछ भने ’आँशुको अर्थ के थाहा’ गीत डेढकरोडले हेरिएको छ ।

उनका एल्बमहरु मोक्ष्य (२००५), स्वयम (२००८), कदम्बिनी (२००८),क्या दामी (२००९), फाटेको मन(२०१०), पागल (२०११), कथाले मागेपछि(२०१२), ओन्ली यू मेरो साथी (२०१२), टाढाको साथी(२०१३) र शिव बूक (२०१५) छन् ।

रेडियो नेपालद्वारा सन् २००३ मा आयोजित आधुनिक गीत प्रतियोगितामा प्रथम भएका गायक शिवपरियार त्यसयता नेपालको थुप्रै म्यूजिक पुरस्कारछनौटबाट एक दर्जनभन्दा बढी पटक उत्कृष्ट गायक चुनिएका छन् । उनी सन् २०१६ मा नेपालसरकारबाट राष्ट्रीय प्रतिभा पुरस्कारबाट समेत सम्मानित भएका छन् ।