गायक निशानको निधन

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । सोमबार राति आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर गम्भीर घाईते भएका भट्टराईको उपचारका क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा निधन भएको हो ।

दरबारमार्गमा आफैले संचालन गरेको बानथाई रेस्टुरेन्टबाट नियमित गायन सकेर निवास जडिबुटीतर्फ फर्कने क्रममा कार दुर्घटना भएको थियो ।  संगीतकार मिलन मोक्तानले दुर्घटनामा गम्भीर घाईते भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिए पनि बिहान ४ बजे चिकित्सकले मृत घोषित गरेको जानकारी दिए ।

गायिका लोचन भट्टराइका भाइ निशानले स्टेज, विभिन्न रेष्टुरेन्ट, पाँचतारे होटलमा आफ्नो गायकीको जादु छर्थे । उनी नेपाली संगीत क्षेत्रका चिरपरिचित नाम पनि हुन् । ५३ वर्षिय उनले खासगरी गजल गायकीमा पहिचान बनाएका थिए । उनको श्रीमती, एक छोरा र एक छोरी छन् ।