ओस्कर मनोनयनमा जोकरलाई ११ बिधा

माघ, एजेन्सी ।

यो वर्षको ओस्कर (एकेडेमी) अवार्ड्सको मनोनयन सूची सार्वजनिक गरिएको छ । ‘द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्स’ले सार्वजनिक गरेको ९२ औँ संस्करणको ओस्करमा फिल्म ‘जोकर’ सबैभन्दा धेरै ११ विधामा मनोनयन भएको छ । ‘जोकर’ ‘बेस्ट पिक्चर’, ‘बेस्ट डिरेक्टर’ तथा अभिनेता जोक्विन फिनिक्स ‘बेस्ट एक्टर’को लागि मनोनयनमा परेका हुन् ।

त्यस्तै ‘पेन एण्ड ग्लोरी’बाट एन्टोनियो ब्यान्डेरास, ‘वन्स अपअन अ टाइम इन हलिउड’बाट लियोनार्दो डिकाप्रियो, ‘म्यारिज स्टोरी’बाट एडम ड्राइभर तथा ‘द टू पोप्स’बाट जोनाथन प्राइस ‘बेस्ट एक्टर’का लागि छानिएका छन् ।

यता सिन्थिया एरिभो बायोपिक फिल्म ‘ह्यारियट’ बाट ‘बेस्ट एक्ट्रेस’मा नोमिनेसनमा परेकी छिन्। त्यस्तै सोही विधामा ‘म्यारिज स्टोरी’का लागि स्कारलेट जोहानसन, ‘लिटल वमेन’को लागि सोर्सा रोनन, ‘बम्बशेल’का लागि चार्लिज थेरोन र ‘जुडी’का लागि रिनी जेलवेगर मनोनयनमा परेका छन् ।साउथ कोरियन ‘ब्याक कमेडी’ फिल्म ‘पारासाइट’ले ‘बेस्ट डिरेक्टर’ र ‘बेस्ट पिक्चर’ सहित ६ वटा विधामा प्रतिस्पर्धा गर्दैछ । त्यस्तै ‘लिटल वमेन’ पनि ६ विधामा मनोनयनमा परेको छ ।

यसैगरी ‘बेस्ट पिक्चर’मा ‘फोर्ड भी फरारी’, ‘द आइरिसम्यान’, ‘जोर्जो याबिट’, ‘जोकर’, ‘लिटल वमेन’, ‘म्यारिज स्टोरी’,  ‘पारासाइट’, ‘१९१७’ र ‘वन्स अपअन अ टाइम इन हलिउड’ छानिएका छन् ।