निफ फेस्टिभल फागुनमा १ देखी

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा हुँदै आइरहेको नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ)को तेस्रो संस्करण आउँदो फागुन १ देखि ५ सम्म हुने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फेस्टिभलमा ४० देशका ८० चलचित्र देखाइने जानकारी दिइयो । दर्ता आह्वान गरिएकोमा ५५ देशको ६ सय चलचित्रले आवेदन दिएको समेत बताइयो ।

शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, वरिष्ठ फिल्मकर्मी नीर शाह, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, सांसद तथा गायिका कोमल ओली, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा सहित फिल्मकर्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रम बोल्दै नीर शाहले निफले नेपालको प्रवर्धनमा समेत मदत गरेको बताए । तेस्रो शृंखलामा प्रमुख सल्लाहकार रहनु भएका शाह दोस्रो शृंखलामा निर्णायक समितिको नेतृत्वकर्ताको भूमिका निभाईसकेका छन् । उनले विदेशी जुरीले नेपाली चलचित्र मार्फत नेपाललाई चिन्न र बुझ्न पाएको प्रसंग सुनाउदै यस किसिमका फेस्टिभलले नेपाली चलचित्र मात्र नभई भूगोललाई पनि बुझाउन मदत गरेकोमा जोड दिए । यसैगरी राज्य मन्त्री मानन्धरले आफु नेपाली फिल्मसंग जोडिएकोले सहयोग गर्न सदैव तत्पर रहेको बताए । उनले नेपाली चलचित्र मार्फत राष्ट्रियतालाई पनि विषयवस्तु बनाउदै दर्शकसम्म लान सुझाए ।

यसैगरी फेस्टिभलका अध्यक्ष केपी पाठकले आफुहरुले नेपाली फिल्मसंगै विदेशी फिल्मकर्मीलाई एक साथ् ल्याउने बताए । उनले यसपटक नेपाली फिल्मकर्मीका लागि डिजिटल मार्केटको सम्भाव्यतालाई मनन गर्दै नेटफ्लिक्स प्रतिनिधि समेत आउने बताए । बलिउडका प्रख्यात लेखक तथा निर्देशक प्रकाश झा यसै फेस्टिभलमा सहभागी हुन् नेपाल आउने भएका छन् । बलिउडमा प्याट्रोटिक फिल्म बनाउने निर्देशकमा पर्ने झाले वृतचित्र, छोटा फिल्म पनि निर्माण तथा निर्देशन गरेका छन् । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नारा सहित आयोजना हुने फेस्टिभलमा कथानक चलचित्रको निर्णायक मण्डलको नेतृत्व झाले गर्नेछन ।