भिजिट नेपाल बिषयक वक्तृत्वकला

आर्टिष्ट खबर/ माघ, वीरगञ्ज ।

वीरगञ्ज युवा समाजको आयोजनामा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा १० बिद्यालयले सहभागीता जनाएका छन् । वीरगञ्जस्थित अन्नपुर्णा होटेलमा आयोजना भएको प्रतियोगितामा भिजिट नेपाल २०२० मा हाम्रो भुमिका विषयक वक्तृत्वकला प्रतियोगितामा १० बिद्यालयका जम्मा २० छात्रछात्रा सहभागी थिए ।

प्रतियोगितामा मुनलाईट माविका सुधान्शु महतो प्रथम, मनकामना माविका राज अर्याल द्धितिय, गौतम माविकी ओजश्वी अधिकारी तृतिय, मैस्कट माविका स’शिल कुमार राउत चौथो र कञ्चनजंघा माविका सिद्धार्थ गुभाजुले पाँचौ स्थान  हासिल गरे । विजयी भएकाहरुलाई प्रमाण पत्र तथा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागि विधार्थीहरुले भिजिट नेपाल २०२० बारे विचार व्यक्त गरेका थिए । समाजका अध्यक्ष कमल चौगाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा लक्ष्मी साहित्य समाज पर्साका अध्यक्ष महेशचन्द्र गौतम, अभिभावक संघ नेपाल पर्साका अध्यक्ष अमर गौतम तथा त्रिजुद्ध माविकी पूर्व सहप्राध्यापिका अंजली श्रेष्ठ निर्णायकको भुमिकामा थिए ।