रहेनन् संसारकै होँचा नेपाली खगेन्द्र

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">संसारकै होँचा ब्यक्तिको रुपमा गिनीज वल्र्ड रेकर्डले प्रमाणित गरेको नेपाली खगेन्द्र थापा मगरको निधन भएको छ । २ फिट २.४१ इन्च उचाई रहेका निमोनिया रोगबाट ग्रसित खगेन्द्रको पोखरा अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक स्रोतले जनाएको छ ।&nbsp;&nbsp;<br></p><p style="text-align: justify; ">‘उनलाई निमोनियाको कारण अस्पताल ल्याइरहनु पथ्र्यो । यस पटक उनको मुटुमा पनि समस्या देखियो, उनलाई बँचाउन सकिएन्’, उनका भाई महेश थापा मगरले भनेका छन्ख । खगेन्द्रलाई&nbsp; सन् २०१० मा पहिलो पटक विश्वको सबैभन्दा होँचो मानिस घोषित गरिएको थियो । ‘खगेन्द्र जन्मिदा यति सानो थिए कि हत्केलामा फिट हुन्थे, सानो भएकाले उसलाई नुहाइदिन असाध्यै गाह्रो थियो’ उनका बुबा रूपबहादुरले भनेका छन् । यस्तै गिनीज बुकको तर्फबाट सम्पादक क्रेग ग्लेडेले पनि सन्देश छाडेका छन् । ‘खगेन्द्र अब हामीसँग हुनुहुन्न भनेर नेपालबाट आएको समाचार सुन्दा हामी साह्रै दुखी छौं । क्रेगले भनेका छन् । “जीवन चुनौतीपूर्ण हुन सक्छ, खगेन्द्र औसत व्यक्तिको लागि निर्मित संसारमा फिट हुनुहुन्नथ्यो ।’&nbsp;</p><p style="text-align: justify; ">खगेन्द्रले आफ्नो कार्यकालमा भारतको सबैभन्दा छोटो महिला ज्योति आमगेसँग पनि भेटेका थिए । उनीपनि २ फिट ०.४२ इन्च उचाईकि छिन् ।&nbsp;</p>