प्रेमीसँग म्युजीक भिडियामा साम्राज्ञी

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाली चलचित्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले चलचित्रबाट केहि फुर्सदमा छिन् । उनलाई लिएर थुप्रै निर्माता चलचित्र बनाउन चाहान्छन् तर साम्राज्ञी यतिबेला पूर्णरुपमा खाली छिन् । पछिल्लो दुई चलचित्रले नेपाली बक्स अफिसमा खासै कमाल गर्न नसकेपछि उनलाई चलचित्र छान्न समस्या परेको छ । त्यसैले पनि उनी राम्रो ब्यानरको पर्खाइमा छिन् ।

यसैबिच नायिका साम्राज्ञीले एक तस्बिर सार्वजनिक गर्दै आफ्नो फ्यानलाई चकित बनाइदिएकी छिन् । आफ्नो प्रेमीको बिषयमा खासै नबोल्ने साम्राज्ञीले प्रेमी देवांश जंगबहादुर राणासँग म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले इन्स्टाग्राममा प्रेमीसँगको तस्विर शेयर गर्दै आफूहरु एउटै म्युजिक भिडियोमा काम गरिरहेको उल्लेख गरेकी हुन् ।

उनले लेखेकी छिन् ‘अनस्क्रिन जोडीको रुपमा हाम्रो पहिलो म्युजिक भिडियो। चाँडै आँदैछ, अनुमान गर्नुस त गायक को होला ?’ त्यसो त ‘मारुनी’ र ‘रातो टिका निधारमा’ पछि उनले कुनै पनि फिल्म साइन गरेकी छैनन् । सामाग्री केही समय यता देवांशसँग प्रेममा छिन् । सामाजिक सञ्जालमा सक्रिय साम्राज्ञी बेला बखतमा आफ्नै तस्विरका कारण पनि आलोचित हुने गर्छिन् ।

केही महिनाअघि विदा मनाउन इन्डोनेसियाको बाली पुगेकी साम्राज्ञी प्रेमी देवान्स राणासँगको तस्वीर भाइरल हुँदा निकै आलोचित भएकी थिइन् । यद्यपि, उनले बालीमा बिताएका पलहरु आफ्नो नीजि कुरा भएको भन्दै  त्यसतर्फ ध्यान नदिन आग्रह गरेकी थिइन् ।